अवैध रुपमा औषधि पसल गर्ने भारतीय नागरिक पक्राउ

शनिबार, १५ पुष २०७४, १७ : ३० नागरिक

धनगढी (रासस)-  अवैध रुपमा औषधि पसल सञ्चालन गरी प्रतिबन्धित औषधि बिक्री वितरण गर्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

कैलाली लम्कीचुहा नगरपालिका–९, खमरियामा औषधि पसलबाट अवैध लागुऔषध बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा गएको इलाका प्रहरी कार्यालयको टोलीले भारत लखिमपुर जिल्ला तिकुनियाका ३४ वर्षीय छत्रपाललाई अवैध औषधिसहित बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको हो।

उक्त मेडिकलबाट लागुऔषधका रुपमा प्रयोग गरिने प्रतिबन्धित तथा विशेषज्ञ चिकित्सकको प्रेस्क्रिप्सनमा बिरामीको अभिलेख राखेर चिकित्सककै निगरानीमा मात्र बिरामीलाई खुवाइने ट्रमाडोल, डिसाइक्लोमाइन, एभिल, सेटिराजिनलगायत नेपालमा दर्ता नभएका अन्य कम्पनीका करिब रु साठी हजार मूल्य बराबरको तीन बोरा औषधि बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले बताए।

उनीमाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम कैलाली जिल्ला अदालतबाट म्याद थप गरी कारबाही अघि बढाइएको छ । उनले नेपालमा दर्ता नगरिएका प्रतिबन्धित भारतीय औषधि भन्सार छली ल्याएर बिक्री वितरण गर्ने गरेको, दर्ता नगरी औषधि पसल सञ्चालन गरेको, औषधिसम्बन्धी कुनै शैक्षिक योग्यता हासिल नगरेको पाइएको प्रहरीले जनाएको छ।

 








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad