सामग्री आएको चार वर्षमा पनि निर्माण भएन झोलुंगे पुल

शनिबार, १५ पुष २०७४, १३ : ५६ नागरिक

लहान – निर्माण सामग्री ल्याइएको चार वर्ष बितिसक्दा पनि सिरहाको गोलबजार नगरपालिका–११ बलकवा र बेतौना जोड्ने मैनाबत्ती खोलामा झोलुंगे पुलको निर्माण कार्य शुरु हुन सकेको छैन। 

पुल निर्माण उपभोक्ता समितिको लापर्बाही र ढिलासुस्तीका कारण झोलुंगे पुलको निर्माण कार्य शुरु हुन नसकेको जिल्ला प्राविधिक कार्यालय सिरहाले जनाएको छ। 

पुल निर्माण कार्यमा ढिलाइ हुँदा करोडौँ मूल्य बराबरको निर्माण सामग्रीमा खिया लाग्न थालेको र चोरीसमेत हुन थालेको स्थानीयले बताएका छन्। फलामका निर्माण सामग्री खुला आकाशमुनि नै जथाभावी राखिएको हुँदा घाम पानीले कामै नलाग्ने अवस्थामा पुगेको बताइएको छ। 

पुल निर्माण सामग्री बेवारिस अवस्थामा राखिएका कारण कतिपय नट बोल्ट हराएर गएको निर्माण समितिले जनाएको छ । स्थानीयको मागअनुसार आव २०७०÷०७१ मा पुल निर्माण उपभोक्त समिति गठन गरी पुल निर्माण सामग्री खरिद गरिए पनि चार आव बित्न लाग्दासमेत पुल निर्माणको काम शुरु हुन नसकेको स्थानीयले बताएका छन्। 

पुल निर्माण नहुँदा वर्षायाममा सर्वसाधारणलाई हिँडडुल गर्न समस्या हुनुका साथै बेतौनाका विद्यार्थीलाई खोला तरेर आउन समस्या हुने गरेको बेतौनाका ५५ वर्षीय रामप्रसाद मोचीले बताए। 

उनले भने– “बेतौनामा मावि स्कुल छैन, यताका विद्यार्थी सबै बलकावा माविमा पढ्न जाने हो, तर वर्षामा पुल नबन्दा विद्यार्थीहरु विद्यालय जानै पाउँदैन्।” 

जिल्ला समन्वय समिति सिरहाका ओभरसियर गंगाप्रसाद यादवले स्थानीय उपभोक्ता समितिलाई पटकपटक ताकेता गर्दा पनि जिल्लामा सम्पर्क गर्न समेत नआएका कारण निर्माण कार्य हुन नसकेको बताए। 

उनले निर्माण समितिका अध्यक्ष र अन्य पदाधिकारीलाई पनि पटकपटक जिल्लामा सम्पर्क गरी निर्माण कार्य अगाडि बढाउन आग्रह गरे पनि चाँसो नदिएकाले काम अगाडि बढ्न नसकेको जानकारी दिए। 

मैनाबत्ती खोला झोलुंगे पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष रामदेव यादवले जिल्ला प्राविधिक कार्यालय सिरहाले निर्माण सामग्री पठाए पनि निर्माणका लागि आवश्यक थप रकम नदिएकाले काम शुरु गर्न नसकिएको बताए। 






यसमा तपाईको मत

अन्य समाचार

बजाज डोमिनार ४०० बाइक रिभिउ (भिडियो)

बजाज डोमिनार ४०० बाइक रिभिउ (भिडियो)

बजाजको डोमिनार ४०० हन्ड्रेड बाइक। ...

बुद्धले राजविराज उडान भर्ने

बुद्धले राजविराज उडान भर्ने

बुद्ध एयरले प्रदेश नम्बर २ को राजविराजमा उडान भर्ने भएको छ । ...

सेञ्चुरी बैंकको सहयोग

सेञ्चुरी बैंकको सहयोग

सेञ्चुरी कमर्सियल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माधवनारायण स्वस्थानी ब्रत तथा शालिनदी सुधार समितिलाई सहयोग गरेको छ । ...

रिमझिम चोकमा देवः विकास बैंक

रिमझिम चोकमा देवः विकास बैंक

देवः विकास बैंकले बाँकेको खजुरा गाउँपालिका रिमझिम बजारमा शाखा विस्तार गरेको छ । ...

मुक्तिनाथ र रेमिट टू नेपालबीच सहकार्य

मुक्तिनाथ र रेमिट टू नेपालबीच सहकार्य

मुक्तिनाथ विकास बैंक र रेमिट टू नेपालबीच सम्झौता भएको छ । ...

सनराइज–सिर्जना सहमति

सनराइज–सिर्जना सहमति

सनराइज बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने सैद्धान्तिक सहमतिमा हस्ताक्षर भएको छ । ...

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

युनाइटेड इन्स्योरेन्स कम्पनीको सञ्चालक समिति अध्यक्षमा वरिष्ठ उद्यमी रविभक्त श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । उनी हाल यस कम्पनीको संस्थापक...

सिदार्थ बैंकको सहयोगमा आँखा शिविर

सिदार्थ बैंकको सहयोगमा आँखा शिविर

सिदार्थ बैंकले नेपाल आँखा अस्पतालसँग सहकार्य गर्दै संयुक्त रुपमा ६ दिने निःशुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न गरेको छ । ...

Ncell Footer Ad