४ वैशाख २०८१ मंगलबार
समाज

बर्दिया राष्ट्रिय निकुञ्जमा सेनाको ‘अप्रेशन महाहन्ट’

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जको वन्यजन्तु अपराध नियन्त्रण गर्न नेपाली सेनाका विशेष सुरक्षा फौज झिकाएर निकुन्जमा ‘अप्रेशन महाहन्ट’ शुरु गरिएको छ । पुस ९ गते देखि शुरु गरिएको ‘अप्रेशन महाहन्ट’मा सेनाको इन्टिलिजेन्सको प्रयोग गरिएको छ । चुरे क्षेत्र र मध्यवर्तीमा विभिन्न किसिमको अप्रेशन गरेर वन्यजन्तु अपराध नियन्त्रण गर्ने ‘अप्रेशन महाहन्ट’ लक्ष्य रहेको निकुन्जको भनाई छ।

अप्रेशन पश्चात दुर्लभ वन्यजन्तुको चोरी सिकारी नियन्त्रणका साथै महाहन्टका क्रममा वन पैदावार र नदीजन्य पदार्थको अवैध ओसारपसारसमेत नियन्त्रणमा गर्ने  निकुञ्जको दाबी छ । निकुञ्ज सुरक्षार्थ शिव दल गणको नेतृत्वमा निकुञ्जका कर्मचारी अप्रेशनमा परिचालन गरिएको निकुन्जका संरक्षण अधिकृत अशोक भन्डारीले बताए। ‘

यो अप्रेशनमा सेनाको विशेष किसिमको दस्ताले गर्देछन् ’उनले भने, ‘यो टोलीमा सेनाको विशेष टोलीले सेनाको रणनितिक योजना अनुसार काम गर्छन।’
सेनाले निकुञ्जका संवेदनशील क्षेत्रलाई मध्यनजर गरी भुरिगाउँ, ढकेला, डल्ला, तरंगा र लेखपराजुलमा क्याम्प खडा गरेको छ । सबै क्याम्प बाट सेनाले गस्ती गरिरहेका छन्। अप्रेशनमा प्रयोग भएका सेनाले एलआरपी (लामो दुरिको गस्ती), पट्रोल(नियमित गस्ती), स्वीप, एम्बुस, सर्च नामक अप्रेशन गर्ने निकुन्जले जनाएको छ । भैरव नाथ गण, शिव दल गण र नेपाली सेनाका इन्टिलिजेन्स र निकुन्जका कर्मचारी महाहन्टमा प्रयोग भइरहेका छन्।

निकुञ्जमा सुरक्षार्थ खटिने सेनाले वि. सं २०६७ बाट अप्रेशन  सञ्चालन गर्दै आएकामा महाहन्ट –४ नामक अप्रेशन बर्दियामा पहिलो पटक सञ्चालन गरिएको हो । जसमा पैदल, साइकल, मोटरसाइकल, गाडी, हात्ती र डुंगामा आवश्यकता अनुसार सेनाले गस्ती गर्नेछ । यस अप्रेशन प्रभावकारी बनाउन निकुञ्ज कर्मचारी र समुदायमा आधारित चोरी सिकारी नियन्त्रणका युवा दस्ता पनि सहयोग रहेको छ । निकुञ्जका छेउछाउमा क्यामरा जडान भएका ठाउँमा २४ सै घन्टा निगरानी सेनाले गरेको छ । अभियानकै सुरुवातमा दुर्लभ वन्यजन्तुको चोरी सिकारी, वन पैदावार र नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न प्रभावकारी भएको कर्मचारीको भनाई छ। 

उनका अनुसार महाहन्टका क्रममा निकुञ्जभित्र अवैध रुपमा प्रवेश गरेर घाँस दाउरा सङ्कलन गर्ने,े जाल प्रयोग गरी माछा मार्ने, पासोमा पारी चित्तल मार्ने जस्ता गतिविधि नियन्त्रण भएको अधिकृत भन्डारीले बताए । उनका अनुसार अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा निकासी गनेलार्ई पनि निकुञ्जले जरिवाना गरेको छ ।

प्रकाशित: १५ पुस २०७४ ०७:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App