८ वैशाख २०८१ शनिबार
खेल

अन्तिम सिटी फुक्दै लव खत्री

फिदिममा फुटबल खेलाउँदै लव खत्री ।

लव खत्रीले आफ्नो रेफ्री जीवनमा लाखौँ सिटी फुके होलान् । आइतबार पाँचथर सदरमुकाम फिदिममा नवौँ फाल्गुनन्द गोल्डकपको फाइनल खेलसँगै उनले रेफ्री जीवनबाट बिट मार्दै छन् । 
उनी फुटबलसँग पछिल्ला २८ वर्ष प्रत्यक्ष रूपमा गासिएँ, कहिले खेलाडी त कहिले रेफ्री बनेर । यसपल्ट अखिल नेपाल फुटबल संघ (एन्फा)ले उनको म्याद थपेन । ‘फिटनेस र हेल्थ राम्रो थियो, किन नथप्या हो थाहा भएन,’ खत्री भन्छन् । अब्बल रेफ्रीको रूपमा उनको परिचय छ ।

विभिन्न क्लबबाट खेलेका उनी सन् २००० देखि रेफ्री दुनियाँमा आएका हुन् । २००७ सम्म राष्ट्रिय रेफ्रीका रूपमा रहे । त्यसपछि फिफा रेफ्री बने । खेलाडी वा रेफ्रीका रूपमा उनी निरन्तर मैदानमा दौडिरहे । 

४६ वर्षीय लवको अनुहारमा निकै चमक छ । खेल निकै गम्भीर भएर खेलाएको देखिन्छ । ललितपुरको कुसन्तीका बासिन्दा हुन् । अब रेफ्री इन्स्ट्रक्टर हुने योजना सुनाए ।


१७ वर्षको रेफ्री जीवनबाट उनी बिदा हँुदै छन् । फिफा रेफ्री भएको पनि नौ वर्ष पुग्यो । केही वर्ष देश–विदेश पुगेर फुटबल खेलाउने इच्छा थियो उनको । तर योपल्ट म्याद थपिएन । फेरि पनि फिस्स हाँसेर उनले भने, ‘नयाँ पुस्तालाई पनि अवसर दिनुपर्छ नि भन्ने प्रतिक्रिया दिए ।

पछिल्लो साता उनले फिदिममा बिताए । अन्तिम खेलको रेफ्री गरिरहेकाले उनीप्रति धेरैले सम्मानको भाव राखेको देखिन्छ । देश–विदेशका प्रतियोगिता खेलाउँदाका अनगिन्ती अनुभव उनीसँग छन् । ए डिभिजन लिग, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि उनले निर्णायक भूमिका निर्वाह गरेका छन् । कम विवादित रेफ्रीको छवि बनाउन सफल उनी  भन्छन्,  ‘सेकेन्ड भरमा निर्णय गर्नु निकै चुनौतीपूर्ण हुन्छ । तर, पूर्ण रूपमा तटस्थ हुनुपर्छ ।’

रेफ्री अपजसे काम भएको उनको बुझाइ छ । ‘खेल हो, एक न एक पक्षले त अपजस लगाइहाल्छ । फेरि पनि रेफ्री तटस्थ हुनुपर्छ,’ उनी भन्छन् । विभिन्न क्लबबाट खेलेका उनी सन् २००० देखि रेफ्री दुनियाँमा आएका हुन् । २००७ सम्म राष्ट्रिय रेफ्रीका रूपमा रहे । त्यसपछि फिफा रेफ्री बने । खेलाडी वा रेफ्रीका रूपमा उनी निरन्तर मैदानमा दौडिरहे । 

उनले ०४६ सालदेखि व्यावसायिक फुटबल थालेका हुन् । ०४८ मा च्यालेन्ज ट्रफी एवं जन्मोत्सव कपदेखि उनी जम्न थाले । उनले फ्रेन्डस् क्लब, जाउलाखेल युथ क्लब, बिग्रेड ब्वाइज क्लब र थ्री स्टार क्लबको जर्सीमा खेले । ०५५ पछि उनको खेलाडी जीवन बदलियो । देशबन्धु क्लबबाट सिलिगुडी लिग खेल्दा घाइते भएपछि उनले फुटबल खेल्न छाडे । यहीबाट उनको जीवन मोडिन पुगेको देखिन्छ ।

उनले २००५ मा बंगलादेशमा दक्षिण एसियाली यु–१४ फुटबल फेस्टिभल खेलाएर रेफ्रीका रूपमा अन्तर्राष्ट्रिय करिअर सुरु गरेका थिए । त्यही प्रतियोगिता दौरानमा उनले एसियाली फुटबल महासंघ (एएफसी) को रेफ्री कोर्स गरेका थिए ।

२००८ मा फिफा रेफ्री तालिम लिइसकेपछि सफल रेफ्रीका रूपमा स्थापित भए । २०६० देखि नेपालको ए डिभिजन लिग खेलाउन थालेका उनले अन्तर्राष्ट्रिय टिमलाई सन् २००९ मा प्रधानमन्त्री कप फुटबल प्रतियोगितामा पहिलोपल्ट खेलाएका थिए । पाकिस्तान र श्रीलंकाबीचको खेल खेलाएका थिए । उनी नेपालको राजधानीदेखि मोफसलका विभिन्न प्रतियोगिता पुगे । आइएफए क्लब फुटबल प्रतियोगिता, किङस क्लब फुटबल प्रतियोगिता, साउथ एसिएन गेम, साफ गेम यु– १९ लगायत अन्तर्राष्ट्रिय प्रतियोगिता गराए । 

राजधानीबाहिरका विभिन्न प्रतियोगितामा उनको बाक्लो उपस्थिति थियो । देशभरका खेलाडी, टिम र मैदानको अनुभव छ । पोखराका आहा रारा गोल्डकप, सफल पोखरा कप, मनकामना केबलकार गोल्ड खेलाएका छन् । झापाका झापा गोल्डकप, सुरुंगा गोल्डकप, मेची नेत्रालय, सताक्षी, रेफ्युजी गोल्डकपमा उनी निर्णायक भूमिकामा थिए । यस्तै, बूढासुब्बा गोल्डकप धरान, उदयपुर गोल्डकप, मजदुर गोल्डकप हेटौँडा, त्तिलोतमा गोल्डकप हेटौँडा, एभरेस्ट गोल्डकप सोलुखुम्बु, विशाल मेमोरियल गोल्डकप वीरगन्ज, सिमरा गोल्डकप, राइनो संरक्षण गोल्ड कप, माइ भ्याली गोल्डकप इलाम, भीमनारायण स्मृति गोल्डकप धनकुटा लगायतमा उनी मुख्य रेफ्रीको भूमिकामा देखिएका थिए ।

४६ वर्षीय लवको अनुहारमा निकै चमक छ । खेल निकै गम्भीर भएर खेलाएको देखिन्छ । ललितपुरको कुसन्तीका बासिन्दा हुन् । अब रेफ्री इन्स्ट्रक्टर हुने योजना सुनाए । नेपाली खेलकुदमा त्यति सन्तुष्ट देखिँदैन । फुटबल खेलाडी र रेफ्रीको रूपमा २८ वर्ष काम गरे पनि रिटायर्ड लाइफको जाँचोपाँचो हुन नसकेको बुझाइ छ । सुविधाको हिसाबले सन्तुष्ट हुने अवस्था हाम्रो देशमा नभएको उनी भन्छन् ।

यो सफलताका लागि विभिन्न क्षेत्रको साथ सहयोग रहेको उनको भनाइ छ । ‘सबै ए डिभिजन क्लबका पदाधिकारी, खेलाडी, एन्फा लगायत प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने, शुभचिन्तकप्रति आभार व्यक्त गर्न चाहन्छु, निरन्तर फुटबल क्षेत्रमै सक्रिय रहनेछु,’ लव भन्छन् ।

 

प्रकाशित: १५ पुस २०७४ ०३:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App