सामुदायिक वन राष्ट्रिय दिवस मनाइने

सोमबार, २४ साउन २०७३, १७ : १६ नागरिक

काठमाडौँ– ‘सामुदायिक वनको पहिचान, राष्ट्रिय समृद्धिको अभियान’ भन्ने मूल नाराका साथ नेपालमा पहिलोपटक सामुदायिक वन राष्ट्रिय दिवस मनाइने भएको छ।

वन विभाग र सामुदायिक वन महासङ्घको संयुक्त आयोजनामा यही साउन २५ गते सामुदायिक वन राष्ट्रिय दिवस मनाउन लागिएको हो।

वन विभागमा आज पत्रकार सम्मेलन गरी विभागका निमित्त महानिर्देशक गणेश झाले राष्ट्रिय वनको संरक्षण र सम्बद्र्धनका लागि सामुदायिक वनको ठूलो भूमिका रहेको भन्दै सामुदायिक वन राष्ट्रिय दिवस मनाउन लागिएको जानकारी दिए।

उनले भने, “सामुदायिक वनको अवधारणा, २०३४ सालमा पञ्चायती वन कार्यक्रमका रुपमा आए पनि सरकारीस्तरबाट अहिलेदेखि मात्र राष्ट्रिय दिवस मनाउन लागेका हौँ ।”

उनले साउन २५ लाई सामुदायिक वन राष्ट्रिय दिवस मनाउन देशभरका जिल्ला वन कार्यालय र सामुदायिक वन महासङ्घलाई विभागले पत्राचार गरिसकेको बताए। हाल देशभर १७ लाख ९८ हजार ७३३ हेक्टर क्षेत्रफलमा १८ हजार ९६० सामुदायिक वन रहेका छन्।

विभागले सामुदायिक वन अभियन्ताका रुपमा डा. तेजबहादुर सिंह र नीलप्रसाद भण्डारीलाई ताम्रपत्रसहित सम्मान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो।







यसमा तपाईको मत


अन्य समाचार

कम्प्युटरमा कति जीबी र्याम ( RAM ) पर्याप्त ?

कम्प्युटरमा कति जीबी र्याम ( RAM ) पर्याप्त ?

तपाईंले कुन प्रायोजनका लागि कम्प्युटर खरिद गर्दै हुनुहुन्छ, सो कुराले नै तपाईंलाई कति जीबी र्याम चाहिन्छ भन्ने कुरा निर्धारण गर्छ...

सामसंगको सबैभन्दा महँगो स्मार्टफोनको डिस्प्ले केहि दिन मै बिग्रन सुरु

सामसंगको सबैभन्दा महँगो स्मार्टफोनको डिस्प्ले केहि दिन मै बिग्रन सुरु

रिभ्युका लागि पठाईएको ग्यालेक्सी स्मार्टफोन १ दिन कै प्रयोगमा बिग्रिएको छ ...

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

यस अपडेटमा माइक्रोसफ्टले थुप्रै नयाँ र आकर्षक फिचरहरु थपेको छ ...

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरको डार्क मोडलाई सेटिंगबाटै सोझै सुचारु गर्न मिल्ने ...

PUBG ( पब्जी ) खेलको विकल्पहरू

PUBG ( पब्जी ) खेलको विकल्पहरू

एन्ड्रोइड र आइफोनमा उपलब्ध पब्जी खेलका विकल्पहरू ...

सामसंग जे सिरिजको अन्त्य

सामसंग जे सिरिजको अन्त्य

उक्त जे सिरिजको स्थानमा सामसँगका मिडरेज स्मार्टफोनहरू ए सिरिज भएर रिलिज हुनेछन् । ...

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

माइक्रोसफ्टको मोबाइल अपरेटिंग सिस्टम विन्डोज फोनका लागि विश्व कै सबैभन्दा प्रचलित सामाजिक संजालहरू नचल्ने भएको छ । ...

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गर्दा ख्याल गर्नु पर्ने कुराहरू ...

Ncell Footer Ad