काठमाडौं– नेपाली कांग्रेसमा प्रदेशसभातर्फ समानुपातिक सांसद छनोटलाई लिएर उत्पन्न विवादका कारण शुक्रबार अबेरमात्र निर्वाचन आयोगमा अन्तिम सूची बुझाइएको छ । सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षबीच नाम छनोटमा सहमति जुट्न नसक्दा ढिलोगरी अन्तिम सूची बुझाइएको हो ।
आयोगले अन्तिम सूची बुझाउन दिएको समय सकिने दिने शुक्रबार बिहान ८ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा कार्यसम्पादन समितिको बैठक बसेको थियो । बैठकमा कांग्रेस सभापति देउवाले एक्लौटी नाम छनोट गरेको भन्दै नेता पौडेल र पूर्वमहामन्त्री प्रकाशमान सिंह बैठक छाडेर बाहिरिएका थिए । उनीहरू हिँडेपछि पनि बैठकले समानुपातिकको अन्तिम सूची तयार गरेको थियो । बैठकमा पौडेलनिकट मानिएका अन्य नेताहरू भने सहभागी थिए ।
प्रदेश दुईमा प्रदेशसभामा आफूनिकट व्यक्तिहरू निकै कम समेटिएपछि रुष्ट बनेका पौडेल र सिंहले बैठक छाडेर हिँडेको स्रोतको दाबी छ । कांग्रेसले पाउने ११ प्रदेशसभा सदस्यमध्ये पौडेल पक्षले तीनमात्र पाएपछि उनले बैठक छाडेका हुन् ।
त्यस्तै पार्टी केन्द्रीय समिति निर्णयविपरीत समानुपातिक सांसदमा नाम दोहो¥याएकोमा पनि पौडेलले असन्तुष्टि जनाएका छन् ।
प्रदेश नम्बर तीनबाट गीता वाग्लेलाई पुनः समानुपातिकबाट सांसद बनाउने निर्णयपछि उनले असन्तुष्टि पोखेका हुन् ।
दुवै पक्षका नेताहरू आफूनिकटलाई सांसद बनाउन दिनभरि सक्रिय रहँदा कांग्रेसले राति नौ बजेपछिमात्र आयोगमा अन्तिमसूची बुझाएको छ ।
नाम छनोटमा ढिला हुने भएपछि कार्यसम्पादन समिति सदस्य एवं पार्टी केन्द्रीय सदस्य मानबहादुर विक र केन्द्रीय कार्यालयका सचिव प्रेम केसीलाई कांग्रेसले दिउँसो २ बजे नै निर्वाचन आयोग कुर्नका लागि पठाएको थियो ।पार्टीले नाम छनोट गर्न ढिला गरेपछि आयोगमा कुरेर बसेका नेता विकसमेत पौने आठ बजे घर हिँडेपछि केसी एक्लै आयोगमा कुरेर बसेका थिए ।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
सेञ्चुरी कमर्सियल बैंकको चरीकोट शाखाले दोलखा चेम्बर अफ कमर्ससँगको आयोजनामा एकदिने वित्तीय साक्षरता आधारभूत कर्जा, लेखा तथा करसम्बन्धी कार्यक्रम सञ्चालन...
नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धी सिद्धी सिमेन्ट–१० औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गर्ने भएको छ । ...
ओपोले डिसेम्बर १०का दिन चीनको शन-छानामा पहिलो ओपो ईन्नोडेको आयोजना गर्ने घोषणा गरेको छ। ...
सनफ्लो ब्रान्ड तेलको उपहार योजनाको दोस्रो लक्की ड्र कार्यक्रमका विजेतालाई हिराको हार र हिराका अन्य उपहार हस्तान्तरण गरिएको उत्पादत कम्पनी...
प्रभु बैंकले सर्लाहीको ईश्वरपुर नगरपालिका, वडा नम्बर ६, बयलबासमा शाखा विस्तार गरेको छ । ...
नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच कर्णाली र सुदूर पश्चिम प्रदेशमा सूचना महामार्ग निर्माण गर्न समझदारी भएको छ । ...
होङ्सी शिवम् सिमेन्ट प्रालिका कर्मचारीको सहयोगमा चिनियाँ चिकित्सा टोलीले १६ पाल्पाको निस्दीमा पर्ने ज्यामिरमा बुधबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको...
यसमा तपाईको मत