coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

शिवरामलाई इस्टर्न ओपन उपाधि

धरान–नेपाल नम्बर एक व्यावसायिक गल्फर शिवराम श्रेष्ठले शुक्रबार धरानमा सूर्य नेपाल इस्टर्न ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन् । 
अन्तिम दिन २ अन्डर ६८ खेल्दै समग्रमा ७ अन्डर २ सय ३ स्कोर गरेका शिवरामले उपाधिसँगै नगद १ लाख १५ हजार रुपैयाँ जिते । एमेच्योर खेलाडीद्वय शुक्रबहादुर राई र अग्रस्थानमा रहेर दिनको खेल सुरु गरेका टंकबहादुर कार्की समान ६ अन्डर २ सय ४ स्कोरका साथ संयुक्त रूपमा दोस्रो भए ।

शुक्रबार अन्तिम दिन शुक्रबहादुरले १ अन्डर ६९ खेल्दा टंकले १ ओभर ७१ को कार्ड बनाएका थिए । शुक्रले काउन्ट ब्याक नियमअनुसार एमेच्योरको उपाधि जिते । एमेच्योर खेलाडी भएकाले शुक्र र टंक दुवैले नगद पुरस्कार पाएनन् । समान १ अन्डर २ सय ९ स्कोरसहित चौथो भएका सञ्जय लामा (७२) र जयराम श्रेष्ठ (६८) ले दोस्रो पुरस्कार बाँडे । दुवैले जनही ६३ हजार ५ सय रुपैयाँ पाए । कटमा सफलता हासिल गर्दै शुक्रबारको खेलका लागि छानिएका सबै २१ व्यावसायिक खेलाडीले नगद पुरस्कार हात पारे । 

 

प्रकाशित: १५ पुस २०७४ ००:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App