१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

आर्मी र मध्यमाञ्चल च्याम्पियन

काठमाडौं–नेपाल आर्मी क्लब र मध्यमाञ्चलले राखेप च्याम्पियनसिपअन्तर्गत तेस्रो राष्ट्रिय सेपाकताक्रो प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । रेगु स्पर्धाको पुरुषमा आर्मी र महिलामा मध्यमाञ्चल पहिलो भएका हुन् ।

टुँडिखेलमा भएको पुरुष फाइनलमा आर्मीले पूर्वाञ्चललाई २१–१३,२१–१७ को सोझो सेटमा पराजित ग¥यो । अनिल जर्घामगरको कप्तानीमा रहेको आर्मीबाट शैलेश दाहाल, सूर्य चौधरी, मुकुन्द गौतम र दीपेश थापाले प्रतिस्पर्धा गरेका थिए । पूर्वाञ्चलको टोलीमा रोशन तामाङ, अमृत बस्नेत, राजीव खतिवडा, श्रीजेश श्रेष्ठ र रोशन राईले खेलेका थिए । 

मध्यमाञ्चलले मध्यपश्चिमाञ्चललाई १९–२१, २१–१५ र १५–१२ को सेटमा हराउँदै तेस्रो भयो । पुरुषमा पाँच विकास क्षेत्र र आर्मी गरी ६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

पाँच विकास क्षेत्र सहभागी महिलाको राउन्ड रोविन लिगमा सबै खेलमा जित निकाल्दै मध्यमाञ्चल पहिलो भएको हो । सलिना थापा, सुमित्रा डंगोल, उषा महर्जन, निकिता लामा र स्वस्तिका श्रेष्ठ सम्मिलित मध्यमाञ्चल टोलीले १२ अंक जोड्यो । 

सोममाया थापा मगर, लिजा गुरुङ, तृष्णा सुनवार, जेनिशा थापा मगर र बेनिका ठाडा रहेको पश्चिमाञ्चल टोली ९ अंकसाथ दोस्रो भयो । तेस्रो स्थानको सुदूरपश्चिमाञ्चलले ६ अंक बटुल्यो ।

अमृत र अरहान्त फाइनलमा

पश्चिमाञ्चलका अमृत थापामगर र मध्यमाञ्चलका अरहान्तकेशर सिंह राखेप च्याम्पियनसिप– २०७४ अन्तर्गत १०औं राष्ट्रिय स्क्वास प्रतियोगिताको पुरुष सिंगल्समा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । 

सेमिफाइनलमा अमृतले मध्यमाञ्चलका राजेन्द्र शाक्यलाई ११–६, ११–८, ११–६ तथा अरहान्तले मध्यमाञ्चलका छिरी लामालाई ११–६, ११–३, ११–६ को सोझो सेटमा पराजित गरे ।

महिला सिंगल्समा पश्चिमाञ्चलकी कृष्णा थापा र मध्यमाञ्चलकी भावना सुनवार उपाधिका लागि भिड्ने भएका छन् ।

अमृतकी दिदी कृष्णाले मध्यमाञ्चलकी विपना ब्लोनलाई ११–६, १०–१२, १२–१०, ४–११ र ११–८ तथा भावनाले मध्यमाञ्चलकै स्वस्थानी श्रेष्ठलाई ११–६, ११–२ र ११–१ को सेटमा हराए । फाइनल शनिबार हुनेछ । 

प्रकाशित: १५ पुस २०७४ ००:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App