coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

इङ्ल्यान्डलाई वर्षा वाधक

मेलबर्न– अस्ट्रेलियाविरुद्धको चौथो टेस्ट जित्दै एसेज शृंखलामा पहिलो जित हात पार्ने लक्ष्यमा भएको इङ्ल्यान्डका लागि शुक्रबार वर्षा वाधक बनेको छ ।

वर्षाका कारण निर्धारित समयभन्दा केही अघि सकिएको चौथो दिनको समाप्तिमा अस्ट्रेलिया १०३–२ मा खेलिरहेको छ र टोली अझै इङ्ल्यान्डभन्दा ६१ रनले पछि छ । ओपनर डेविड वार्नर ४० र कप्तान स्टिभ स्मिथ २५ रनमा खेलिरहेका छन् । १ सय ४० बल खेलेका वार्नरले ३ चौका प्रहार गर्दा ६७ बल सामना गरेका स्मिथले २ चौका प्रहार गरे । त्यस्तै ओपनर क्यामरुन बेनक्रफ्टले २७ र उस्मान ख्वाजाले ११ रन जोडे ।

५१ रन जोड्दा अस्ट्रेलियाले बेनक्रफ्टलाई पहिलो विकेटका रूपमा गुमाएको थियो । बेनक्रफ्टलाई क्रिस ओक्सले बोल्ड गरेका थिए । त्यस्तै ख्वाजालाई जेम्स एन्डरसनले विकेटकिपर जोन बेयरस्टोबाट क्याच गराएका थिए ।

यसअघि ४९१–९ बाट चौथो दिनको खेल सुरु गरेको इङ्ल्यान्डले पहिलो बलमा एन्डरसनलाई गुमाएको थियो । एन्डरसनलाई पाट कमिङ्सले बेनक्रफ्टबाट क्याच गराएका थिए । इङ्ल्यान्डले पहिलो इनिङमा अस्ट्रेलियालाई १ सय ६४ रनले पछि पारेको थियो । सुरुआती तीन टेस्ट जित्दै अस्ट्रेलियाले एसेज शृंखला ३–० ले आफ्नो पक्षमा पारिसकेको छ ।

प्रकाशित: १५ पुस २०७४ ००:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App