८ वैशाख २०८१ शनिबार
राजनीति

मुख्यमन्त्रीका दाबेदारले नै पाएनन् सांसद सिट

बाजुरा – नेकपा एमाले बैकल्पिक पोलिटब्यूरो सदस्य एवं पूर्व मन्त्री कर्णबहादुरले थापा यसपाली सांसद बन्ने अवसर गुमाएका छन्। संवैधानिक व्यवस्थाका कारण प्रदेश समानुपातिक तर्फको सूचीमा रहेका थापाको सांसद सहित मुख्य मन्त्रीको बाटो पनि बन्द भएको छ ।

नेपालको संविधान २०७२ ले ३३ प्रतिशत महिला अनिवार्य भनेको छ। जसमा एमालेले प्रदेश ७ मा १७ सिट प्रत्यक्ष र ८ सिट समानुपातिक गरी २५ सिट जितेको छ । २५ जनाको ३३ प्रतिशत भाग गर्दा ८ जना महिला पठाउनुु पर्ने भएपछि थापा सूचीमा परेनन्।

१७ जना नै पुरुषले प्रत्यक्षमा जितेपछि थापाले सांसद सहित मूख्य मन्त्री बन्ने अवसर गुमाएका छन् । प्रदेश सहसंयोक समेत रहेका थापा सांसद बनेको खण्डमा मुख्य मन्त्री बन्ने बलियो संभावना रहेको थियो ।

थापाले सांसदको सूचीमा नपरेपछि संवैधानिक व्यवस्था र पार्टी स्थायी कमिटीको निर्णय स्वागत योग्य भएको प्रतिक्रिया दिएका छन्। प्रत्यक्षको टिकट वितरण प्रक्रिया स्थानीय कमिटीको निर्णय विपरित मर्यादा विष्टको टिकट खोजिनुमा भने आशंका व्यक्त गरेका छन्। 

सामाजिक सञ्जाल फेसबुकबाट सांसद बन्ने बाटो रोक्नुमा षड्यन्त्र भएको थापाले संकेत गरेका छन्। 

वरियतामा पार्टी बैकल्पिक केन्द्रीय सदस्य प्रकाश शाहको संभावना रहेपनि एमाले माओवादी भागवण्डाले कमै मात्र संभावना रहेको छ। बाजुराबाट समानुपातिक सूचीमा १३ औं नम्बरमा नाम भएकी सिता बरालपनि सांसदको सूचीबाट आउट भएकी छन्। 

नेकपा एमालेले सात वटै प्रदेशमा समानुपातिक सदस्य बिहीबार छनोट गरेको हो । एमालेले सबै प्रदेशमा गरी ७५ सिट पाएको छ । जसमा प्रदेश ७ मा ८ सिट पाएको एमालेले सबै महिलाको नाम पठाएको छ । कुल सिटको ३३ प्रतिशत महिला हुनु पर्ने संवैधानिक व्यवस्था भएकाले प्रदेश ७ को समानुपातिकमा सबै महिला पठाइएको हो ।

प्रकाशित: १४ पुस २०७४ १३:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App