coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

आगलागी हुँदा मुम्बईमा १४ जनाको मृत्यु

मुम्बई – भारतको  मुम्बईस्थित कमला मिल्स्मा आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ ।

उक्त घटनामा  अन्य १२ जना घाइते भएको मुम्बई प्रहरीले बताएको छ । घाइतेहरूको मुम्बई स्थित किङस् इडवार्ड अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

शुक्रबार बिहानै देखि भएको आगलागी मध्यान्ह तिर मात्रै नियन्त्रणमा आएको मुम्बई प्रहरीको दाबी छ । आगलागी नियन्त्रणका लागि ६ भन्दा बढी अग्नी नियन्त्रक यन्त्रहरू परिचालन गरिएको थियो ।

आगलागीको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । मृत्यु हुनेहरूको नाम पहिचान गर्न सकिएको छैन ।
प्रधानमन्त्री नरेन्द्र मोदीले आगलागीमा ज्यान गुमाउनेहरू प्रति श्रद्धान्जली व्यक्त गरेका छन् ।

मृत्तक परिवारहरूप्रति धैर्य धारणको कामना गर्दै घाइतेहरूको सु–स्वास्थ्यको कामना गर्दै प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गरेका छन् ।

 

प्रकाशित: १४ पुस २०७४ १०:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App