८ वैशाख २०८१ शनिबार
अर्थ

विशेष अार्थिक क्षेत्रसम्बन्धी विधेयक सदनमा प्रस्तुत

काठमाडौँ– विशेष आर्थिक क्षेत्र (सेज) विधेयक, २०७१ व्यवस्थापिका–संसद्मा प्रस्तुत गरिएको छ।

संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिका सभापति भीष्मराज आङ्दम्बेले साेमबार समितिको सुझाव र प्रतिवेदनसहितको विधेयक सदनमा प्रस्तुत गरेका हुन्।

विशेष आर्थिक क्षेत्रको सञ्चालनका लागि आवश्यक ऐनको अभावमा भैरहवामा निर्मित विशेष आर्थिक क्षेत्र सञ्चालन हुन नसकिरहेको तथा विगत लामो समयदेखि संसद्मा विधेयक दर्ता हुने र फिर्ता हुने गरिरहेको अवस्थामा समितिले विधेयक पेस गरेको हो।

विधेयकमा सेज क्षेत्रभित्र काम गर्ने कामदार वा कर्मचारीले उद्योग र त्यसको उत्पादनमा प्रतिकूल असर पर्ने गरी कुनै बन्द, हडताल वा आन्दोलन गर्न नपाउने गरी कानुनी व्यवस्था गरिएको सभापति आङ्दम्बेले जानकारी दिए।

त्यस्तै विधेयकमा सेज क्षेत्रमा काम गर्ने कामदार वा कर्मचारीको हितलाई ध्यानमा राखी अन्य औद्योगिक कामदार वा कर्मचारीको भन्दा बढी पारिश्रमिक र सुविधा प्रदान गर्न निर्देशनात्मक सुझाव दिइएको छ। रासस

 

प्रकाशित: २४ श्रावण २०७३ १०:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App