तीन हजार वडामा सचिव खाली

शुक्रबार, १४ पुष २०७४, ०८ : ०८ भुवन शर्मा

काठमाडौं- स्थानीय तहको चुनाव सकिएको  ६ महिना बितिसक्दा पनि देशभर  ३ हजार ५८ वडामा वडा सचिव अझै खाली छन् ।  सचिव नहुँदा स्थानीयलाई सामान्य काम गर्न पनि असजिलो भएको छ ।
स्थानीय विकास मन्त्रालयले ७७ जिल्लामा ३ हजार ५८ वडामा वडा  सचिव खाली भएको विवरण सामान्य मन्त्रालयलाई पठाउँदै सकेसम्म चाँडो वडा सचिव पठाउन मन्त्रालयलाई आग्रह गरेकोछ । समान्यले भने  स्थानीयबाट औपचारिक चिठी अझै  नआएको दाबी गरेको छ ।
स्थानीय मन्त्रालयका अनुसार काठमाडांै, ललितपुर र भक्तपुरका नगरपालिकाकाका  वडामासमेत वडा सचिव खाली छन् । काठमाडौंमा ४१, ललितपुरमा ३२ र भक्तपुरमा ५ वडा सचिव खाली भएको मन्त्रालयले जनाएको छ । सुगम मानिने रूपन्देहीमा ६५, कपिलवस्तुमा ४०, झापामा ६१, इलाममा ५२, पर्सामा ६२, सिन्धुपाल्चोकमा ५१, धुनषामा ५८, सुनसरीमा ४५ र मोरङमा ६४ वडा सचिव खाली भएको मन्त्रालयले  जनाएको छ । मन्त्रालयका सहसचिव तथा कर्मचारी प्रशासन महाशाखाका प्रमुख विजय सुबेदीे वडा सविच खाली भएका वडा कार्यलयमा अन्तरिम रूपमा व्यवस्थापन गरिएको बताए । उनले भने, ‘वडा सचिव नहुँदा एउटा वडा सचिवले दुई, तीनवटा वडासम्म वडा कार्यलय  हेर्नुपरेको छ । यसबाट जनताको दैनिक काम प्रभावित भएका छन् ।’ वडा सचिव खाली भएका वडा कार्यलयमा प्राविधिक कर्मचारी, करार कर्मचारी वा अन्य तहका कर्मचारीबाट काम चलाउने गरिएको पनि सुवेदीले जानकारी गराए । यसैगरी कर्मचारी प्रशासन महाशाखाको शाखा अधिकृत रविन्द्रजंग थापाले वडा सचिव खाली भएको वडा कार्यलयको विवरण समान्य प्रशासन मन्त्रालयमा एक डेढ हप्ता अघि  नै  पठाएको दाबी गरे । ‘खाली भएको वडामा वडा सचिव पठाउन हामीले समान्य प्रशासनलाई आग्रह गरेका छौ,’ उनले भने । समान्य प्रशासनका प्रवक्ता शिवराम न्यौपानेले भने वडा सचिव पठाउन स्थानीयले सामान्य प्रशसन मन्त्रालयसँग औपचारिक आग्रह नै नगरेको बताए । ‘औपचारिक रूपमा त्यस्तो चिठी आएको मलाई जानकारी छैन । अनौपचारिक रूपमा कसले के भने मलाई थाहा भएन,’ उनले भने । मन्त्रालयले  वडा सचिवमा जाने कर्मचारी खरिदार या नायब सुब्बा सरह हुने निर्णय यसअघि नै  गरेको छ ।
 तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डले तुलसीपुर उपमहानगर पालिकामा  विषयगत प्राविधिक कर्मचारी र नायब सुब्बा तहका केही कर्मचारीको अभाव भन्दै त्यसबाट जनताको दैनिक काममा प्रभावित भएको बताए । उनले भने, ‘वडामा नायब सुब्वा सरहका कर्मचारी नहुँदा खरिदार सरहका कर्मचारीले काम चलाइरहेका छन् ।’ प्राविधिक तहका कर्मचरारी पठाउन आफूले मन्त्रालयमा ताकेता गरे पनि मन्त्रालयले अझै नपठाएको गुनासो पनि  उनले सुनाए । स्थानीय विकास मन्त्रालयले ३ हजार ५८ वडा सचिवबाहेक सहसचिव सरहका २, उपसचिव सरहका २१ र शाखा अधिकृत सरहका ५१ कर्मचारी खाली भएको जनाएको छ । ६ वटा महानगरपालिकामा सहसचिव सरह, उपमहानगरपालिका र नगरपालिकामा उपसचिव सरह कर्मचारी पठाउने निर्णय स्थानीयले गरेको छ  । यसअनुसार देशभरका ७७ जिल्लामा १ सय ७७ उपसचिव सरहका कर्मचारी अझै आवश्यक रहेको  मन्त्रालयका कर्मचारी प्रशासन शाखाका अधिकृत  थापाले जानकारी गराए । गाँउपालिकामा भने शाखा अधिकृत सरह कर्मचारी पठाउने निर्णय मन्त्रालयले गरेको छ ।
समान्य प्रशासन मन्त्रालयका अनुसार  देशभरका ७ सय ५३ स्थानीय तहमा करिब १३ हजार कर्मचारी हाल कार्यरत छन् । थप कर्मचारीका लागि कर्मचारी  व्यवस्थापन गर्न स्थानीय मन्त्रालयले औपचारिक रूपमा आग्रह गरेमा आवश्यक कर्मचारीको व्यवस्थापन गरिने सामान्यका प्रवक्ता न्यौपानेले जानकारी गराए । स्थानीय मन्त्रालयले स्थानीय तहलाई आफुखुशी कर्मचारी भर्ना नगर्न परिपत्र गत असार महिनामा गरेको छ । जनप्रतिनिधिले भने  आवश्यक पर्ने कर्मचारी आफैं भर्ना गर्न नपाउँदा दैनिक व्यवस्थापनमा बाधा भइरहेको गुनासो गरेका छन् ।







यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेले आफ्ना ल्यापटपहरूमा लिनक्सको विशेष वितरण अर्थात् लिनसक डिपिन इन्स्टल गर्ने भएको छ ...

Ncell Footer Ad