ठेकेदारले काम छाडेपछि सडक विस्तार अलपत्र

शुक्रबार, १४ पुष २०७४, ०७ : २३ रमेश खतिवडा

दोलखा–चार महिनादेखि ठेकेदारले काम छाडेपछि राजधानीबाट मध्यपूर्वी पहाड जोड्ने लामोसाँघु–जिरी सडक विस्तार आयोजना अलपत्र परेको छ । 

सरकारले एक्जिम बैंकको सहयोगमा अरनिको राजमार्गस्थित सिन्धुपाल्चोकको खाडीचौरबाट सुरु हुने लामोसाँघु–जिरी सडकको खाडीचौरदेखि दोलखा सदरमुकाम चरिकोटसम्मको ५५ किलोमिटर खण्ड विस्तार गरिरहेको छ । 

दुई प्याकेजमा भइरहेको सडक विस्तारको पहिलो खण्डको जिम्मा पाएको ठेकेदार कम्पनीले तीन महिनायता काम छाडेका कारण अलपत्र परेको हो । खाडीचौरदेखि मुडेसम्म २५ किलोमिटर रहेको पहिलो खण्डको जिम्मा पाएको ठेकेदार कम्पनीले भदौदेखि नै काम रोकेको हो । ३९ करोड रुपैयाँ लागतमा बन्न लागेको यो खण्ड भारतीय कम्पनी सिमाञ्चल र नेपाली कम्पनी गौरी पार्वती र सुनौला खिम्तीले संयुक्त उपक्रममा ठेक्का लिएका हुन् । 

आयोजनाका अधिकारीहरुका अनुसार भदौदेखि काम रोकेका कारण भत्काइएको सडकका संरचना अलपत्र परेका छन् । खाल्डाखुल्डी र दायाँबायाँ भत्काइएका संरचनाका कारण सडकमा आउजाउ गर्ने सर्वसाधारण पनि कष्ट बेहोरिरहेका छन् । २०७२ भदौदेखि काम सुरु भएको आयोजनाको काम ठेकेदारले छाडेका कारण अलपत्र पर्दा कामको समयतालिका समेत पछि धकेलिएको छ । यसअघि स्थानीय चुनावमा समेत करिब तीन महिना काम प्रभावित भएको थियो । 

पहिलो खण्डमा ठेकेदारले काम छाडेका कारण समस्या भएको आयोजना प्रमुख केदार नेपालले जानकारी दिए । ‘पहिलो खण्डमा काम ठप्प भएपछि ठेकेदार कम्पनीलाई पटकपटक पत्राचार गरिरहेका छौं,’ प्रमख नेपालले भने, ‘केही दिनभित्र सम्पर्कमा आउछु भनेका छन् ।’  पहिलो खण्डमा ५० प्रतिशतमात्र काम सम्पन्न भएको उनले जानकारी दिए । काम सम्पन्न नभएका कारण गत भदौमा यो खण्डको ठेकेदारको म्याद एक वर्ष थप भएको थियो । 

उक्त एक वर्षको म्याद भेटाउन हालसम्म ८० प्रतिशत काम सक्नुपर्ने भएपनि नसकेका कारण समय तालिकामा असर परेको आयोजनाले जनाएको छ । भूकम्प र नाकाबन्दीका कारण पनि काममा असर गरेको उनले बताए । दोस्रो प्याकेजको मुडेदेखि दोलखा सदरमुकाम चरिकोटसम्मको खण्डको काममा केही सुस्तता देखिए पनि काम भने सन्तोषजनक रहेको नेपालले जानकारी दिए ।  ३० किलोमिटर खण्डको यो सडक भारतीय कम्पनी सकिल हैदर संगथको साझेदारीमा शंकर माली सुनौला खिम्ती नेपाली कम्पनीले ठेक्का जिम्मा पाएका हुन् । दोस्रो खण्डको भने म्याद थप गर्नुनपर्ने आयोजनाले जनाएको छ । 

 

 

 

‘भुक्तानी नपाएपछि रोकेको हुँ’
पहिलो खण्डको ठेक्का लिएको नेपाली कम्पनी सुनौला खिम्तीका सञ्चालक भीमसेन भण्डारीले आयोजनाले आफ्नो चार करोड रुपैयाँ भुक्तानी रोकेका कारण काम ठप्प पारेको दाबी गरे । ‘स्टिमेट र परिमाणभन्दा बढी काम लगाएको चार करोड रुपैयाँ जेठदेखि नदिएका कारण बाध्य भएर काम रोक्नुपरेको हो,’ भण्डारीले भने । उनले ह्युमपाइप र ग्याबिन वाल बढी बिछ्याएको रकम नपाएको दाबी गरे । 
यस्तै खाडीचौरदेखि नौ किलो र सिलढुंगा क्षेत्रमा गएका ठुल्ठूला पहिरो नियन्त्रणका लागि स्टिमेट र बजेट बिनियोजन नगरेका कारण समेत काम गर्न नसकेको उनको भनाइ थियो । 







यसमा तपाईको मत

अन्य समाचार

पालुङ बजारमा सिन्धु विकास बैंक

पालुङ बजारमा सिन्धु विकास बैंक

सिन्धु विकास बैंकले मकवानपुरको पालुङ बजारमा शाखा विस्तार गरेको छ । ...

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सले ललितपुरको ग्वार्कोमा शाखा र काठमाडौंको जोरपाटीस्थित स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाको भवनमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

स्वस्तिमा खड्का र प्रदीप खड्कालाई टिभिएस एनटर्क १२५ को ब्रान्ड एम्बेसेडर अनुमोदन गरेको छ । ...

एन्ड्रोइडको नयाँ लोगो, एन्ड्रोइडमा मिठाइको नामहरू प्रयोग नहुने !

एन्ड्रोइडको नयाँ लोगो, एन्ड्रोइडमा मिठाइको नामहरू प्रयोग नहुने !

गुगलले एन्ड्रोइडको नयाँ लोगो सार्वजनिक गरेको छ ! ...

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सामसङ इलेक्ट्रोनिक्सले आफ्ना मातहत अन्तर्गत सञ्चालित विभिन्न CSR परियोजना मध्ये सामसङ (दक्षिण कोरिया) ले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. २...

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सबैतिर वातावरण प्रदूषणको चिन्ता प्रकट भइरहेका बेला सुजुकीले वातावरणमैत्री नयाँ कार बजारमा ल्याउन लागेको छ । ...

सामसङ्ग मोबाइल रिटेलर्स मिट

सामसङ्ग मोबाइल रिटेलर्स मिट

हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले सफलतापूर्वक विभिन्न तीन वटा स्थान सिमरा, बर्दिबास र लहानमा २० अगष्ट २०१९ देखि २२ अगष्ट २०१९ सम्म...

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी बैंक र चावहिलस्थित ओम समाज डेन्टल हस्पिटलबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । ...

Ncell Footer Ad