७ वैशाख २०८१ शुक्रबार
कला

भिडियोमा नेपथ्यको पहिलो गीत

काठमाडौं–स्थापनाको २५ औं वर्ष पुगेको उपलक्ष्यमा नेपथ्य ब्यान्डले आफैंले रेकर्ड गरेको पहिलो गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ । ‘आँगनैभरि हिउँ नै झरे, आरु फूल है टिपि राखे है’ शीर्षकको गीतलाई नेपथ्यले भिडियोमा प्रस्तुत गरेको हो। 

ब्यान्डको स्थापनापछि एल्बमका लागि रेकर्ड भएको पहिलो गीत मानिन्छ ।  उक्त एल्बम सन् १९९३ को अप्रिल १ मा  रिलिज भएको थियो । त्यसै दिनलाई नेपथ्यको स्थापना दिवस मानिएको छ।

नब्बेको दसकको प्रारम्भमा पोखराका तीन तन्नेरीको प्रयासबाट नेपथ्य ब्यान्डको जग हालिएको थियो। दिपकजङ राणा, भीमपुन र अमृत गुरुङ तीन जना मिलेर ब्यान्डको स्थापना गरेका थिए । सोही समूहमा रविन श्रेष्ठ, सुरेश पुन र बुद्धि गुरुङ थपिएपछि ६ जनाको टोलीले नेपथ्यको पहिलो एल्बम जन्माएको थियो । रेकर्ड भएको पहिलो गीतमा रविन श्रेष्ठले आवाज भरेका थिए। 

नेपथ्यको  २५ वर्षे यात्रामा ब्यान्डले २१ जना संगीतकर्मीहरू सदस्यका रुपमा भित्र्याउने र विदा गर्ने काम गरेको छ । म्युजिक भिडियो लामो यात्रामा सहयात्री बनेका सदस्यमा समर्पित रहेको नेपथ्यको प्रवद्र्धन गर्दै आएका किरणकृष्ण श्रेष्ठले बताए । ‘यो म्युजिक भिडियो ब्यान्डमा  योगदान गर्ने तमाम सदस्यसमर्पित छ,’ श्रेष्ठले भने , ‘भिडियोमा हामीले  सबैलाई सम्झने कोशिस गरेका छौं।’

 

 

प्रकाशित: १४ पुस २०७४ ०१:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App