८ वैशाख २०८१ शनिबार
कला

दोहोरो भूमिकामा ऐश्वर्या

मुम्बई–बलिउड नायिका ऐश्वर्या राय बच्चनले फिल्ममा दोहोरो भूमिकामा अभिनय गरेको सायदै कुनै फिल्म छैनन् । पूर्व विश्व सुन्दरी यी नायिका यही अभावलाई पूर्ति गर्न अब दर्शकमाझ दोहोरो भूमिकामा चाँडै देखिँदैछिन्।

भारतीय सञ्चारमाध्यमका अनुसार सत्येन बोसले निर्देशन गर्ने क्लासिक फिल्म ‘रात और दिन’को रिमेकको चर्चा बलिउडमा निकै छ । यो फिल्ममा ऐश्वर्या शीर्ष भूमिकामा देखिँदैछिन् । उनले नरगिस दत्तको भूमिकामा अभिनय गर्नेछिन् । यो फिल्मको ओरिजिनल भर्सनमा नरगिसले वरुणा र पेगीको दोहोरो भूमिका निर्वाह गरेकी थिइन् । यही भूमिका अहिले ऐश्वर्याको भागमा परेको छ।

फिल्मका निर्माता प्रेरणा अरोडाले क्लासिकको रिमेकिङमा आफ्नो गहिरो रुची राखेकी छन् ।  ‘पहिलेदेखि नै लोकप्रिय अभिनेता सन्जय दत्तकी आमासमेत रहेकी नरगिससँग रिमेकको बारेमा कुराकानी भइरहेको छ । अभिनेता सञ्जयले पनि यसमा अनुमति दिइसकेका छन् ।’ उनले भनेकी छन्।

प्रेरणाले ऐश्वर्याले फिल्मको विषयमा खुशी व्यक्त गरेको बताइन् । ‘हामी फिल्म ‘फैन खान’ निर्माण गर्नका लागि पहिलादेखि नै खुशी थियौं । यो फिल्ममा ऐश्वर्याको पनि आबद्धता भएपछि उनी पनि खुशी भएकी छन्,’उनले भनेकी छन, ‘दुवै फिल्म ऐश्वर्याका साथ गर्न पाउँदा हामी झन खुशी छौं । ऐश्वर्या पनि रात और दिन जस्तो फिल्ममा हिस्सा बन्न चाहन्थिइन् । त्यसै अनुरुप उनले पनि यो भूमिका मनपराएकी छन्।

फिल्ममा सिद्धार्थ आनन्दको पनि लगानी हुनेछ । फिल्मको सुटिङ आगामी वर्षको मध्य महिनाबाट सुरु हुनेछ । फिल्मका लागि अभिनेताको नाम फाइनल गरिएको छैन । चाँडै नै फिल्मको नाम र अन्य विषयमा पनि निर्णय लिइने बताइएको छ ।
फिल्मको पहिलो भर्सनमा नरगिसले मल्टी पर्सनालिटी डिसअर्डरबाट पीडित महिलाको भूमिकामा अभिनय गरेकी थिइन्।

फिल्ममा उनी बिहानको समयमा एक कर्तव्यनिष्ठ पत्नी वरुणा भए पनि  बेलुकाको समयमा उनको व्यक्तित्व फेरिन्थ्यो । बेलुकाको समयमा चाहिँ उनी कलकत्ताको सडकमा आवाराका रुपमा घुम्थिइन् । फिल्ममा नरगिसका पतिको भूमिका प्रदीप कुमारले निर्वाह गरेका थिए । जसले श्रीमतिको दोहोरो चरित्रको रहस्य पत्ता लगाउँछन्।

 

प्रकाशित: १४ पुस २०७४ ०१:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App