८ वैशाख २०८१ शनिबार
खेल

आरिफलाई कारबाही

काठमाडौं–खेल भावनाविपरित गतिविधि गरेको भन्दै एभरेस्ट प्रिमियर लिग (इपिएल) ले भैरहवा ग्लाडियटर्सका आरिफ शेखलाई अनुशासनको कारबाही गरेको छ। 

इपिएलले बिहिबार विज्ञप्ति जारी गर्दै  आरिफलाई खेल रकमको ५० प्रतिशत जरिवाना गर्ने जनाएको छ । भैरहवा ग्लाडियटर्स र ललितपुर प्याट्रियट्सबीचको खेलमा आरिफले अम्पायरको निर्णयमा असहमति जनाएका थिए।

म्याच रेफ्री मोहम्मद शाफिक्युले खेल रकमको ५० प्रतिशत रकम जरिवाना गर्ने निर्णय गरेका थिए । १३ औं ओभरको तेस्रो बलमा ललित राजवंशीको बलमा एलबिडब्लुको सिकार भएपछि उनले अम्पायरको निर्णमा असहमती जनाएक थिए । उनले ६ बलमा ६ रन जोडे।

 

प्रकाशित: १४ पुस २०७४ ००:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App