coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

विभागीय टिमकै वर्चस्व

पोखरामा जारी भलिवलमा मध्यमाञ्चल विरुद्ध खेल्दै पश्चिमाञ्चल ।

पोखरा–राष्ट्रिय खेलकुद परिषद् च्याम्पियनसिपअन्र्गत पुरुषतर्फ विभागीय टिम पुलिस, एपिएफ र आर्मी सेमिफाइनलमा पुगेका छन् । पुरुषतर्फ घरेलु टिम पश्चिमाञ्चल पनि सेमिफाइनल प्रवेश गरेको छ । त्यस्तै महिलातर्फको प्रतिस्पर्धामा पनि दुई विभागीय टिम एपिएफ र पुलिस सेमिफाइनल प्रवेश गरेका छन् । महिलातर्फ पनि घरेलु टिम पश्चिमाञ्चल र मध्यमाञ्चल सेमिफाइनलमा पुगेका छन्।

विहीबार भएको पुरुषतर्फको खेलमा पूर्वाञ्चलले मध्यमाञ्चललाई २५–२०, २५–२० र २५–१७ को सोझो सेटमा हरायो । दोस्रो खेलमा सुदूरपश्चिमाञ्चलले मध्यपश्चिमाञ्चललाई २९–२७, २५–१८ र २५–१५ को सेटमा पाखा लगायो । पुरुषतर्फको तेस्रो खेलमा विभागीय टिम एपिएफले अर्काे विभागीय टिम नेपाल पुलिसमाथि २५–२३, २२–२५, २५–१८ र २५–२० को कठिर्न जित हात पा¥यो । अर्काे खेलमा विभागीय टिम आर्मीले पश्चिमाञ्चललाई २५–२१, २९–२७ र २५–२० को सेटमा पराजित गरेको छ। 

महिलातर्फ पनि विहीबार चारवटा खेल भएका छन् । पहिलो खेलमा आर्मीले पूर्वाञ्चललाई २५–१२, २५–१३ र २५–१० को सेटमा पराजित गरेको छ । दोस्रो खेलमा मध्यपश्चिमाञ्चलले सुदूर पश्चिमाञ्चललाई २५–७, २५–१२ र २५–१७ को सेटमा पराजित गरेको छ । तेस्रो खेलमा एपिएफले नेपाल पुलिसलाई २५–१७, २५–२० र २५–१७ को सोटमा पराजित गरेको छ भने अन्तिम खेलमा मध्यमाञ्चलले पश्चिमाञ्चललाई २५–९, २५–१४ र २५–१५ को सोझो सेटमा पराजित गरेको छ। 

 

प्रकाशित: १४ पुस २०७४ ००:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App