४ वैशाख २०८१ मंगलबार
खेल

कृष्णा र भावना सेमिफाइनलमा

काठमाडौं–पश्चिमाञ्चलकी कृष्णा थापा र मध्यमाञ्चलकी भावना सुनुवार बिहीबार राखेप च्याम्पियनसिपअन्तर्गत १०औं राष्ट्रिय स्क्वास प्रतियोगितामा महिला एकलको सेमिफाइनलमा प्रवेश गरेका छन् । मध्यमाञ्चलका विपना ब्लोन र स्वस्थानी श्रेष्ठले अन्तिम चारमा स्थान पक्का गरे ।

कृष्णाले क्वार्टरफाइनलमा मध्यमाञ्चलकी सपना ब्लोनलाई ११–४, ११–५, ११–० को सेटमा  भावनाले पूर्वाञ्चलकी मुस्कान राउतलाई ११–१, ११–२, ११–३ सेटमा हराइन् । विपनाले मध्यमाञ्चलकी श्रीमाया लामालाई ११–३, ११–२, ११–७ तथा स्वस्थानीले मध्यमाञ्चलकी मन्जिला आले मगरलाई ११–७, ११–८, ११–९ को सोझो सेटमा पराजित गरे । स्वस्थानीले अब अन्तिम चारमा कृष्णाविरुद्ध खेल्नेछिन् । भावनाले विपनासँग प्रतिस्पर्धा गर्नेछिन् । 

पुरुष एकलमा पनि अन्तिम चारको समीकरण पूरा भएको छ । सेमिफाइनलमा पश्चिमाञ्चलका अमृत थापामगरले मध्यमाञ्चलका राजेन्द्र शाक्य तथा अरहान्तकेशर सिंहले मध्यमाञ्चलका छिरी लामासंग प्रतिस्पर्धा गर्नेछन् ।

अमृतले मध्यमाञ्चलका उमिद शाक्यलाई ११–३, ११–७, ११–१, अरहान्तले नेपाल प्रहरी क्लबका दीपक थापालाई ११–५, ११–५, ११–६ तथा राजेन्द्रले पश्चिमाञ्चलका पदमबहादुर थापालाई ११–९, ११–८, १३–११ को सीधा सेटमा हराए । छिरीले मध्यमाञ्चलका सुदीपबहादुर सिंहबाट वाक ओभर पाए । 

आर्मी र पूर्वाञ्चल सेमिफाइनलमा

त्रिभुवन आर्मी क्लब र पूर्वाञ्चलले बिहीबार राखेप च्याम्पियनसिपअन्तर्गत तेस्रो राष्ट्रिय सेपाकताक्रो प्रतियोगिताको अन्तिम चारमा स्थान पक्का गरेका छन् । आर्मी र पूर्वाञ्चल समूह ‘ए’ बाट क्रमशः विजेता र उपविजेता हुँदै सेमिफाइनलमा पुगेका हुन् ।

समूह ‘ए’ को लिग खेलमा आर्मी र पूर्वाञ्चलले समान १ जित र १ हार बेहोरे पनि अंकका आधारमा आर्मी विजेता बनेको हो । पश्चिमाञ्चललाई २–० ले पराजित गरेको आर्मी पूर्वाञ्चलसँग २–० ले हा¥यो । पश्चिमाञ्चलले पूर्वाञ्चललाई २–१ ले हरायो ।

समूह ‘बी’ बाट मध्यपश्चिमाञ्चलले विजेता र मध्यमाञ्चल उपविजेताको हैसियतसहित अन्तिम चारमा स्थान बनाए । मध्यपश्चिमाञ्चलले सुदूरपश्चिमाञ्चललाई २–० तथा मध्यमाञ्चललाई २–१ ले पन्छायो । सुदूरपश्चिमाञ्चल विरुद्धको खेलमा मध्यमाञ्चल २–० ले विजयी भयो ।

महिलातर्फ मध्यमाञ्चल, पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलले सेमिफाइनलमा स्थान सुरक्षित गरे । एक टोलीको टुंगो लाग्न बाँकी छ । शुक्रबार सम्पन्न हुने प्रतियोगितामा रेगुलर स्पर्धामा मात्र प्रतिस्पर्धा भइरहेको छ ।

प्रकाशित: १४ पुस २०७४ ००:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App