६ वैशाख २०८१ बिहीबार
समाज

नक्कली कागजात बनाएको अभियोगमा शाखा अधिकृत पक्राउ

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सुकेधारामा कार्यरत उपसचिव र शाखा अधिकृतलाई नक्कली कागजात बनाएको अभियोगमा पक्राउ गरेको छ। 

आयोगका अनुसार नक्कली कागजात तयार पारी साउदी अरबी सवारी चालक अनुमतिपत्रका आधारमा नेपाली सवारी चालक अनुमतिपत्र बनाएको अभियोगमा उपसचिव सुन्दर भट्टराई र शाखा अधिकृत यमलाल ढकाललाई आज कार्यालयबाटै पक्राउ गरी अनुसन्धान गरिएको आयोगले जनाएको छ। यही पुस ९ गते सोही कार्यालयका नासु यादव पौडेल र खरिदार सुमन पाखरेललाई लेखापढी व्यवसायी अशोक कार्कीमार्फत रु ३२ हजार घुस मागेको अभियोगमा पक्राउ गरिएको थियो। 

यस्तै आजै भूमिसुधार कार्यालय भक्तपुरक नासु राजु गौतमलाई घुस लिएको अभियोगमा आयोगको टोलीले आज पक्राउ गरेको छ। आयोगले मोही लगत कट्टा गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग रु छ हजार घुस लिएको अभियोगमा कार्यालय परिसरबाटै उनलाई पक्राउ गरेको हो। 

प्रकाशित: १३ पुस २०७४ १४:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App