६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

यी हुन् २०१७ का  विश्व चर्चित घटनाहरू

सन् २०१६ को अन्त्यदेखि यो वर्ष भरीनै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चर्चाको शिखरमा रहे । सन् २०१७ को जनवरी २० देखि अमेरिकाको ४५ औं राष्ट्रपतिका रूपमा सत्ता सम्हालेसंगै यो वर्षभरी नै उनी चर्चाबाट ओझेल भएनन्। 

 सन् २०१६ देखिनै उत्तरकोरियाद्वारा गरिएको परमाणु परिक्षणले विश्वमै चिन्ता र चर्चाको विषय भइरहँदा ३ सेप्टेम्वर २०१७ मा गरिएको अर्को शक्तिशाली परमाणु परिक्षणले सबैको धैर्यताको वाँध भत्कायो। 

 त्यसपश्चात् संयुक्त राष्ट्र संघको सुरक्षा परिषदले उत्तर कोरियामाथि आर्थिक नाकावन्दी लगाउने निर्णय गर्दा त्यसको विरोधमा उसको सहयोगी भनेर चिनिएको चीनलेसमेत विरोध गरेन । त्यसपछि पनि उत्तर कोरियाले परमाणु परीक्षणको धम्की दिन छाडेको छैन भने राष्ट्र संघले पनि एकपछि अर्को गर्दै नाकाबन्दी साँघुरो पार्दै लगेको छ। 

फेब्रुअरी १० मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ७ मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाए । यी प्रतिवन्धमा पर्ने देशहरूमा इराक, इरान, लिविया, सोमालिया, सुडान, सिरिया र यमन रहेका छन्।   

 वर्षको अर्को दुखद् घटना म्यानमारमा त्यहाँका अल्पसंख्यक रोहिंगा मुसलमानमाथि भएको अत्याचार हो । सन् २०१७ को अगस्टमा सीमा क्षेत्रमा  ९ जना म्यानमारका प्रहरी मारिएपछि यसको दोष रोहिंगामाथि थोपर्दै सरकारले उनीहरूमाथि सैनिक परिचालन गरेको थियोे । सेनाले रोहिंगा वस्तीहरूमा आगजनी गर्नुकासाथै सयौंको हत्या गरेपछि उनीहरु देश छाडेर भाग्न वाध्य भए । अहिले छिमेकी मुलुक बंगलादेशमा मात्र ६ लाखभन्दा बढी रोहिंगा शरणार्थीले नारकीय जीवन विताइरहेको समाचार छ। 

२ नोभेम्वर २०१७ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिभी चिट्ठा खारेज हुनु पर्ने भाषण गरे जसले विश्वभर नयाँ तरंग ल्यायो । न्यूयोर्क सहरमा एक बन्दुकधारीले अन्धाधुन्द गोली प्रहार गरी ९ जना सर्वसाधारणको हत्या गरेपछि ट्रम्पले यस्तो धारणा सार्वजनिक गरेका हुन् । उनले डिभी चिट्ठाबाट काम नलाग्ने मान्छे मात्र अमेरिका आउने गरेकाले यसलाई बन्द गर्नु पर्ने धारणा व्यक्त गरेका थिए। 

२१ नोभेम्बर २०१७ मा जिम्बाब्बेका राष्ट्रपति रोवर्ट मुगाब्बेले राजीनामा दिए । त्यहाँको संसद्मा उनीविरुद्ध महाअभियोग प्रस्तावमा छलफल हुनै लाग्दा उनको राजीनामा आएको हो । राजीनामा दुई दिनअघि उनी सैनिक नियन्त्रण रहेका थिए । उपराष्ट्रपतिलाई हटाएर आफ्नी श्रीमतीलाई उत्तराधिकारी बनाउन खोजेकाले सेनाले त्यसलाई रोक्न कदम चालेको बताएको थियो । उपराष्ट्रपति सैनिकहरू माझ लोकप्रिय रहेको बताइन्छ।  

यसै वर्ष २७ सेप्टेम्वरमा साउदी राजा सलमानले महिलाहरूलाई पनि सवारी अनुमती पत्र दिनुका साथै घर बाहिरका कामसमेत गर्न दिने आदेश जारी गरे । यसअघि त्यहाका महिलालाई सवारी साधन मात्र होइन घर वाहिर एक्लै हिडडुल गर्न पनि बन्देज थियो।   

७ डिसेम्वर २०१४ मा अष्टे«लियाको दुवै सदनले समंलिगी विवाहलाई कानुनी मान्यता दिनेसम्वन्धि विधेयकलाई पास गरेको छ ।  गर्भनरले त्यसलाई प्रमाणिकरण गरेपछि कानुनको रूपमा लागु हुनेछ । चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं महाधिवेशन २४ अक्टोवरमा भएको थियो । यो अधिवेशनले वर्तमान राष्ट्रपतिलाई थप शक्तिशाली बनाएको छ । यस महाधिवेशनले राष्ट्रपति शी जिङपिङलाई दोश्रो कार्यकालका लागि मात्र चुनेन उनलाई माओत्सेतुङपछिको शक्तिशाली राष्ट्रपति टह¥यायो । अबको पाँच वर्ष शी नै पार्टी, सेना र देशको प्रमुख रहनेछन्। 

१२ नोभेम्वर २०१७ मा इरानमा ७.३ रेक्टर स्केलको भूकम्पका कारण ४ सय ६० भन्दा बढीको मृत्यु भयो । यो भूकम्पले यहाँका १२ हजार घर ध्वस्त भए। 

 नोभेम्वर ८ देखि १० सम्म अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीनको भ्रमण गरेका थिए । यो भ्रमणले दुवै देशबीचको बढ्दो दूरी घटाएको मात्र होइन उत्तरकोरिया विश्वकै लागि चिन्ताको विषय भएको साझा धारणा बनाउन सफल भएको मानिएको छ। 

नोभेम्वरको पहिलो साता यमनी राष्ट्रपति अब्दुरावहु मन्सुर हादी साउदी अरेबियामा नजरबन्द भएका थिए । यमनको केही भूभाग साउदी नेतृत्वको सेनाको नियन्त्रणमा रहेको छ । यमनमा हुथी विद्रोहीविरुद्ध साउदी नेतृत्वमा अरव सेना परिचालित छन् । यसबाट ८० हजारभन्दा बढी नागरिक प्रभावित भएको बताइन्छ। 

६ नोभेम्वर २०१७ मा साउदी राजकुमार मन्सुर विन मुक्रिनको  हेलिकप्टर दुर्घटनामा मृत्यु भयो । यस वर्ष सम्मानित मानिएको बेलायती दरवार पनि विवादको घेरामा तानियो । ६ नोभेम्वरमा प्रकाशित समाचारमा ‘प्याराडाइज पेपर्स’ को हवाला दिदैं वेलायती महारानीको नाम उल्लेख गरियो । सो पेपर्समा विश्वका धनी, उद्योपतिहरुले कसरी कर छली गर्छन भन्ने उल्लेख गर्दै त्यस्ता केही विश्व प्रसिद्ध उद्योगपतिको नामसंगै बेलायती महारानीलाई पनि कर छलिको आरोप लगाइएको बताइन्छ। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ४ नोभेम्वरदेखि  ११ दिने एसिया भ्रमण गरेका थिए। 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सैन्य सेवामा तेस्रो लिङ्गीको प्रवेशमा रोक लगाउने प्रस्तावलाई त्यहाको अदालतले ३१ अक्टुवरमा रोक लगाएको छ । वासिंगटन डिसीस्थित जिल्ला अदालतका न्यायाधीश कोलिन कोलर कोटल्लीको एकल इजलासले सो प्रस्ताव खारेज गरेको थियो। 

अनलाइन सपिङ कम्पनी अमेजनका सीइओ जेफ बेजोस विश्वका सबैभन्दा धनी व्यक्ति बन्न सफल भए । २८ अक्टोवरमा फोब्र्स पत्रिकाले प्रकाशित गरेको यस सम्बन्धि सूचीमा जेफको सम्पति ९० अर्ब ६० करोड डलर रहेको उल्लेख छ।  
यस वर्ष उत्तर कोरियाली परमाणु परीक्षणसँंगै त्यँहाका नेता किम जोन उनका बारेमा पनि विश्वको चासो रह्यो।

क्टोबरको पहिलो साता उनले आफ्नी बहिनी किम योजङलाई वर्कर्स पार्टीको पोलिटब्यूरो सदस्य र पूर्व प्रेमिका होन सोङ वोनलाई केन्द्रीय समितीमा बढुवा गरेको कुरा चर्चाको शिखरमा रह्यो। 

अक्टोवर १० मा उत्तर कोरियाले ह्याकिङ प्रणाली मार्फत् दक्षिण कोरियाको महत्वपूर्ण दस्तावेजको चोरी गरेको कुराले  विश्वभर सनसनी मच्चायो। 

अक्टोवर ९ मा अमेरिकी अर्थशास्त्री रिचार्ड थालरलाई अर्थशास्त्र तर्फको नोबल पुरस्कार विजेता घोषण गरियो थियो, भने ६ अक्टोवरमा नोबल शान्ति पुरस्कार अन्र्तराष्ट्रिय परमाणु हातहतियार निर्मुल पार्ने अन्तर्राष्ट्रिय संस्था ‘आइक्यान’ लाई दिने निर्णय सार्वजनिक भएको थियो।  

अगस्टमा २८ मा चीन र भारतबीच दोक्लम विवाद समाप्त पार्ने सहमति भयो यो विवादपछि दुई महिनासम्मको दुवै देशबीचको तनाव समाप्त भएको थियो । चीनले दोक्लम क्षेत्रमा सडक बनाउन लागेपछि भारतले सो क्षेत्र भुटानको भएको भन्दै त्यसलाई रोक्न आफ्ना तीनहजार बढी सैनिक सो क्षेत्रमा तैनाथ गरेपछि विवाद चुलिएको थियो। 

२५ सेप्टेम्वर २०१७ मा जर्मन चान्र्सलर एगेंला मर्केल चौथो कार्यकालका लागि निर्वाचित भइन्। 
२० सेप्टेम्वरमा मेक्सिकोमा ७ दशमलब १ रेक्टरस्केलको भूकम्प जाँदा सय बढीको मृत्यु भयो भने भने अर्बाैको  नोक्सानी भएको भएको थियो। 

यसै वर्षको ५ जुनमा साउदी अरेबियाको नेतृत्वमा ६ मुलुकहरुले कतारमाथि आर्थिक नाकाबन्दीको घोषणा गरेका थिए । ‘आतंकलाई सहयोग गरेको र अरव क्षेत्रको शान्तिमा समस्या ल्याएको’ भन्दै नाकावन्दी गर्नेहरूमा साउदी अरबको अलावा इजिप्ट, वहराइन, युएइ, यमन र लिबिया रहेका थिए। 

४ सेप्टेम्वर २०१७ मा जापानबाट एउटा सनसनी खोज समाचार विश्वभरी फैलियो । जापानी राजकुमारी माकोले एक सामान्य युवकसँग विवाहको घोषणा गरि शाही सुखभोगलाई तिलाञ्जली दिएको घोषणा गरेकी थिइन्। 

भारत, हरियाणाको हिसारमा मुख्य आश्रम रहेको ‘डेरा सच्चा सौदा’ का प्रमुख गुरमित रामरहिम सिंहलाई २५ अगस्तमा अदालतले बलात्कारी ठहर गर्दै काराबासको सजाय सुनायो । अदालतको यो फैसलापछि भड्किएको हिंसामा १० जनाको ज्यान  समेत गएको थियो। 

१७ अगस्टमा फोब्र्स पत्रिकाले एम्मा स्टोनलाई २०१७ का लागि सबैभन्दा महंगी कलाकार भएको तथ्यांक सार्वजनिक गरेको थियो  । उनले एक कार्यक्रमको २ लाख ६० हजार पारिश्रमिक लिने गरेको तथ्य सार्वजनिक भएको थियो । 
 ८ अगस्टमा केन्यामा राष्ट्रपति निर्वाचनमा उहुरु केन्याटा विजयी भए । सो निर्वाचनमा धाँधली भएको भन्दै अदालतमा परेको मुद्दामा अदालत बदर गरी सेप्टेम्वर २६ मा पुन ः निर्वाचनको आदेश जारी गर्‍यो।   

भ्रष्टाचारको अभियोगमा अदालतले अयोग्य ठहर गरेपछि २८ जुलाईमा पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले पदबाट राजीनामा दिए । सरिफपछि मुस्लिम लिगले सरिफकै भाई शहवाज सरिफलाई प्रधानमन्त्री प्रस्ताव गर्‍यो। 

उपमुख्यमन्त्री बनाइएको लालु यादवका कान्छा छोरा तेजश्वी यादवसंग राजनीतिक टसल बढेपछि भारत बिहारका मुख्यमन्त्री नीतिशकुमारले २६ जुलाईमा पदवाट राजीनामा दिए । भारतीय जनता पार्टीको समर्थनमा उनी भोलीपल्टै पुनः  मुख्यमन्त्री भए।  

भरातको पश्चिम बंगाल सरकारले सबैका लागि बंगाली भाषा अनिवार्य गरेपछि नेपाली भाषी रहेको दार्जिलिङवासीले आन्दोलन सुरु गरे सो आन्दोलनकै क्रममा उनीहरुले गोर्खाल्याण्डको मागलाई पुनः दोहोर्‍याए। यस क्रममा दार्जिलिङमा महिनौं कफ्र्यु लागेको थियो। 

उत्तर कोरियाली नेता किम जोन उनका सौतेनी दाजु किम जोन नामको मलेसियाको क्वालालाम्पुर विमानस्थलमा १३ फेब्रुअरीमा हत्या गरिएको थियो। 

८ मे मा भएको आम निर्वाचनमा फ्रान्सको राष्ट्रपतिमा सबैभन्दा कम उमेरका ३७ वर्षीय एम्मानुयल मार्कोन विजयी भएका थिए। 

प्रस्तुती ः लक्ष्मी चाैलागार्इं

प्रकाशित: १३ पुस २०७४ ११:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App