coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाकिस्तान अस्पतालमा विस्फोट ४० को मृत्यु

क्वेटा (पाकिस्तान)-दक्षिणपश्चिमी पाकिस्तानी सहर क्वेटामा अवस्थित एक अस्पतालमा भएको भीषण बम विस्फोटमा परी कम्तीमा ४० व्यक्तिको मृत्यु भएको समाचार छ । यस विस्फोटमा परी अन्य दर्जनौ व्यक्ति घाइते भएका छन् ।

शक्तिशाली विस्फोट भएको हुृनाले यस विस्फोटमा परी मारिने व्यक्तिहरु सङ्ख्या बढ्नेसमेत सम्बन्धित अधिकारीहरुले आशङ्का व्यक्त गरेका एएफपीका एक समाचारदाता र अधिकारीहरुले जनाकारी दिएका छन् ।

उक्त विस्फोट बलुचिस्तान प्रान्तका बार एसोसियसनमा अध्यक्ष अर्थात वरिष्ठ वकिलको निधनप्रति शोक व्यक्त गर्न उपस्थित भएका व्यक्तिहरु माझ गराइएको थियो ।

बार एसोसियसनका ती अध्यक्ष पनि सोमबार बिहान सबेरै भएको एक आक्रमणमा मारिएका थिए । वरिष्ठ वकिल बिलाल अन्वार कसी आफ्नो घरबाट कार्यालयतर्फ जाने क्रममा अज्ञात बन्दुकधारीको आक्रमणमा आज बिहान मारिएका हुन ।

अस्पतालस्थित शोक प्रकटका क्रममा जम्मा भएका वकिल, पत्रकार, क्यामराम्यान र अन्य सर्वसाधारणहरुको भिडलाई लक्ष्यगरी सो बम फ्याँकिएको जनाइएको छ

यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन् । प्राप्त पछिल्लो जानकारी अनुसार यस आक्रमणमा मारिएका व्यक्तिको सङ्ख्या ४० पुगेको यो सङ्ख्या बढ्नसक्न अनुमान गरिएको बलुचिस्तान प्रान्तका स्वास्थ्य मन्त्री सलेह बलुचले बताएका छन्। रासस /एएफपी

प्रकाशित: २४ श्रावण २०७३ ०९:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App