५ वैशाख २०८१ बुधबार
राजनीति

विवेकशीलले छान्यो ३ नम्बर प्रदेश सभा सदस्यहरू

काठमाडौं – विवेकशील साझा पार्टीले समानुपातिकतर्फ प्रदेश नम्बर ३ मा रमेश पौड्यालको नेतृत्वमा तीन सदस्य पठाउने भएको छ । बिहीबार विवेकशील साझा पार्टीको केन्द्रीय समितिको बैठकले रमेश पौड्यालको नेतृत्वमा शोभा शाक्य र बिराजभक्त श्रेष्ठको नाम निर्वाचन आयोग पठाएको छ ।

तीन नम्बर प्रदेशमा विवेकशील साझा पार्टी चौथो पार्टीको रुपमा प्रतिनिधित्व गर्दैछ । समानुपातिकतर्फ विवेकशील साझा पार्टीले एक लाख २४ हजार चार सय ४२ मत प्राप्त गरेको थियो।  प्रदेश सभाको समानुपातिकतर्फ विवेकशील साझा पार्टीको नेतृत्व गर्न लागेका रमेश पौड्यालले पार्टीको केन्द्रीय संयोजन समिति सदस्य र प्रवक्ता समेत हुन्।

प्रकाशित: १३ पुस २०७४ ११:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App