coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

उदयपुर प्रशासनमा ‘ध्वनी नागरिक वडापत्र’

खोटाङ –जिल्ला प्रशासन कार्यालय उदयपुरले ‘ध्वनी नागरिक वडापत्र’ सञ्चालनमा ल्याएको छ । सेवाग्राहीलाई काम लिन सहज र सरल बनाउने उदेश्यले यसै सातादेखि प्रशासनले कार्यालय परिसरमा आवाजमार्फत कामको विवरण र सेवासम्बन्धी आवश्यक जानकारी दिन थालेको हो ।

नागरिकता र राहदानी बनाउन, प्रतिलिपि लिन, संस्था दर्ता तथा नविकरण, मुद्धाको प्रकृति र सुनुवाई, इजलास बस्ने मिति र समयलगायत सबै कामको जानकारी प्रशासन परिसरमा जडान गरिएको साउण्ड सिस्टम (माईक) मार्फत दिने गरिएको छ । प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले आफ्नै स्वरमा रेकर्ड गरेको आवाजमा प्रशासन कार्यालयबाट उपलब्ध हुने जानकारी गराएका थिए । ध्वनी वडापत्र सुरु भएपछि जनताले सेवा लिन निकै सहज भएको पहाडी भेगको रौतामाई गाउँपालिका–३ का खिलराज राईले बताए ।

प्रकाशित: १३ पुस २०७४ ११:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App