coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

धनकुटामा राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने

धनकुटा – धनकुटामा आगामी माघको पहिलो साता राखेप च्याम्पियनसिप राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सञ्चालन हुने भएको छ।

माघ ४ देखि ६ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने तयारी गरिएको धनकुटामा विहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। राष्ट्रिय तेक्वान्दो संघको आयोजना तथा राष्ट्रिय खेलकूद परिषद र जिल्ला खेलकूद विकास समितिको विशेष सहयोगमा प्रतियोगिता सञ्चालन हुन लागेको राष्ट्रिय तेक्वान्दो जिल्ला संघ धनकुटाका अध्यक्ष गौरब कार्कीले बताए। 

प्रतियोगितामा हरेक पाँच विकास क्षेत्रबाट १ सय ७० खेलाडी, १५ प्रशिक्षक तथा २५ रेफ्री सहभागी हुनेछन्। प्रतियोगिताका लागि करिब ११ लाख खर्च हुने अनुमान रहेको आयोजकले जनाएको छ। 

प्रकाशित: १३ पुस २०७४ ०९:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App