६ वैशाख २०८१ बिहीबार
राजनीति

माघको पहिलो साता नयाँ सरकार : सचिव ज्ञवाली

भक्तपुर – नेकपा एमालेका केन्द्रीय सचिव प्रदिप ज्ञवालीले माघको पहिलो साताभित्रै वामगठबन्धनको सरकार निर्माण हुने दावी गरेका छन्।

रफत सञ्चार क्लबले बिहीबार भक्तपुरमा गरेको साक्षात्कारमा सचिव ज्ञवालीले योे समय सीमामा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्ने दाबी गरेका हुन्। सरकार गठन लगत्तै पार्टी एकिकरण हुने दाबी पनि उनले गरे। 

पार्टी एकीकरणमा कुनै शंका नगर्न पनि उनले आग्रह गरे । शेरबहादुर देउवाको काम चलाउ सरकारले गरेका सबैखाले निर्णय र नियुक्तीहरू गैरकानूनी र नैतिकता विपरित रहेको उनले बताए । उनले भने ‘नयाँ सरकारले काम चलाउ सरकारले अहिले गरेका निर्णय सबै बदर गर्नेछ ।’ उनले अहिले सरकारमा जाने टोलीमा क्षमता र योग्यताका आधारमा राम्रो व्यक्तिहरु जाने जनाए । 

प्रकाशित: १३ पुस २०७४ ०८:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App