७ वैशाख २०८१ शुक्रबार
शिक्षा

त्रिविको दीक्षान्त समारोहमा नेहरु विविका उपकुलपति

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले आगामी आइतबार गर्ने ४३औँ दीक्षान्त समारोहको तयारी पूरा भएको छ। 

ललितपुरस्थित पुल्चोक क्याम्पसको खेल मैदानमा हुने समारोहको तयारी पूरा भएको त्रिविका परीक्षा नियन्त्रक कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले जानकारी दिए। 

समारोहको प्रमुख अतिथिमा जवाहरलाल नेहरु विश्वविद्यालयका उपकुलपति प्रा डा एम जगदीश कुमारलाई आमन्त्रण गरिएको उनले बताए। उपकुलपति कुमार शुक्रबार नेपाल आउने कार्यक्रम छ। 

त्रिविको दीक्षान्त समारोहमा विदेशस्थित विश्वविद्यालयका प्राज्ञिक व्यक्तित्व प्रमुख अतिथि हुने परम्परा छ। 

समारोहमा विद्यावारिधितर्फ ६२ विद्यार्थीसहित कूल आठ हजार २६७ विद्यार्थी दीक्षित हुने भएका छन्। यस्तै करिब तीन हजार अभिभावक र एक हजार २०० कर्मचारी पनि समारोहमा सहभागी हुने सहनियन्त्रक अधिकारीले बताए। 

समारोहमा र विभिन्न विषयमा उत्कृष्ट अंक ल्याउने ३१ विद्यार्थी पुरस्कृत हुने उनले जानकारी दिए। 

प्रकाशित: १३ पुस २०७४ ०८:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App