coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

मन्डला थिएटरले माघी पर्व मनाउने

काठमाडौं- मण्डला थिएटर नेपालले यस वर्ष माघी पर्व मनाउने भएको छ । माघी पर्व सामान्यतया हिन्दु धर्मावलम्बीले मकर संक्रान्तीको रुपमा मनाउँदै आए पनि थारु समुदायले यस पर्वलाई विशेष रुपले मनाउँदै आएको छ ।
यस पर्वमा तिलको लड्डु अनिवार्य रुपमा खाने चलन छ । तिल खाएमा मकर संक्रान्तीको दिनदेखि सूर्य मकर राशिदेखि कर्कट राशिमा जाने र दिन लामो तथा रात सानो तिलको नापको आधारमा रहने किम्बदन्ति रहेको छ ।
मण्डला थिएटर नेपाल, नेपालमा सांस्कृतिक र रंगमञ्चीय गतिविधिका लागि नेपालकै प्रख्यात मानिन्छ । युवा कलाकार तथा रंगकर्मीहरु मिलेर केही समयदेखि मण्डला थिएटरमा साधनारत छन् ।
माघी पर्व हर्ष उल्लास मात्र नभई आपसी सदभाव र भाइचारा अभिवृद्धिका लागि मनाउँदै आएपनि मण्डला थिएटरले भने थारु समुदाय र कलाकारबीचको सदभाव बढाउनका लागि माघी आयोजना गरेको छ । विभिन्न समयमा मनाइने विभिन्न जात जातिका चाड पर्वहरु विभिन्न समुदायसँग मिलेर मनाउने मण्डलाको योजना भए पनि पहिलो सामुदायिक पर्व माघी मनाएर थारु संस्कृति र थारु समुदायसँग जोडिने प्रयत्न गरेको छ । माघीमा थारु समुदायले खाने परिकारहरु, थारु भेषभुषा, थारु नाचगान आदि प्रस्तुत गर्ने योजना रहेको मण्डलाका प्रदीपकुमार चौधरीले जानकारी दिए ।
माघी पर्व थारु समुदायमा नयाँ वर्ष र नयाँ काम थालनीको रुपमा मनाउने भएकाले यस वर्ष मण्डला थिएटरमा थारु विशेष वर्ष मनाउने योजना रहेको चौधरीले बताए ।
मण्डला थिएटरमा प्रस्तुत हुने नाटकमा थारु भाषाका नाटक, थारु लेखक, थारु निर्देशक र थारु कलाकारहरु विशेष प्राथमिकतामा रहने उनले बताए ।

प्रकाशित: १३ पुस २०७४ ०५:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App