coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

उपत्यकामा मात्रै दैनिक १५ दुर्घटना

काठमाडौं- बुधबार काठमाडौंको बत्तिसपुतलीमा पानीट्यांकरले ठक्कर दिँदा काठमाडौं धापासी बस्ने २७ बर्षीया बिमाकुमारी थापाको निधन भयो । गुल्मी मुसिकोटकी थापाको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको हो ।
केही दिनअघि रातोपुलको ओरालोमा जनस्वास्थ्यकर्मी कौशलकुमार सिंह सवार मोटरसाइकललाई बसले ठक्कर दिँदा उनी घाइते भए । काठमाडौं मेडिकल कलेज पु¥याइएका उनलाई चिकित्सकले बचाउन सकेनन् ।
मंगलबार बिहानै मैतीदेवीमा बस दुर्घटना हुँदा १४ जना घाइते भए । दु्रतगतिमा भएको बस र सडकको खाल्डोमा पर्दा उफ्रिएर बिजुलीको पोलमा नराम्रोसँग ठोक्किएको थियो ।
दुई साताअघि ट्रकसँग ठोक्किँदा कलंकीमा एक मोटरसाइकल चालकको मृत्यु भएको थियो ।
उपत्यकामा ज्यानै जानेगरी भएका घटनाबाहेक दैनिक १५ को हाराहारीमा सवारी दुर्घटना हुन्छन् ।
ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकामा दैनिक औसत पन्ध्र÷सोह्र वटा दुर्घटना हुने गरेको छ । दुर्घटना हुनेमा धेरै जसो मोटरसाइकल, स्कुटी, जिप र कार रहेको महाशाखाको तथ्यांक छ । ‘कहिलेकाँही वीस वटा पनि दुर्घटना भएका छन्,’ उपत्यका ट्राफिक कार्यालय महाशाखाका प्रवक्ता उमेश रञ्जितकारले बताए ।
दुर्घटना हुने मध्येमा सबैभन्दा बढी मोटरसाइकल÷जीप र त्यसपछि कारजिप रहेको ट्राफिकले जनाएको छ । अधिकांश दुर्घटना आपसमा ठोक्किने र आफैं मिल्ने स्तरका छन् भने केही उजुरीका लागि प्रहरीसम्म पुगेको देखिन्छ । ‘सवारी साधन बिमा गर्ने व्यवस्थाको कारण बिमा दाबी गर्नका लागि सामान्य दुर्घटना पनि दर्ता हुन आइपुग्ने गरेको देखिन्छ,’ रञ्जितकारले भने ।
निजी सवारी साधनको तुलनामा सार्वजनिक सवारी साधनको कम दुर्घटना गराउने गरेको ट्राफिकले जनाएको छ । सार्वजनिक सवारी साधनले गल्ती गरेको खण्डमा सजायको व्यवस्था कडा भएको र निजीको तुलनामा सार्वजनिक सवारी साधनको संख्या कम भएकोले कम दुर्घटना हुने गरेको प्रवक्ता रञ्जितकारको तर्क छ ।
निजी सवारी साधन चालकको हेलचेक्रयाइँ, ट्राफिक नियमको पर्याप्त जानकारी नहुने जस्ता कमजोरीका कारण निजी सवारी साधनबीच बढी मात्रामा दुर्घटना हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।
यी कारणबाहेक उपत्यकामा मोटरसाइकल जिपको संख्या अत्यधिक बढी हुनु कारजिप जस्ता निजी सवारी साधन प्रयोकर्ताको संख्या बढ्दै जानु, सडक प्रयोगकर्ता बढ्दै जानुजस्ता कारणले पनि यी सवारी साधनहरुको बढी दुर्घटना देखिएको प्रवक्ता रञ्जितकार बताउँछन् । ‘जुन सवारी साधनहरूको सडक प्रयोग बढी हुन्छ, त्यसैको संख्या बढी देखिन्छ,’ उनले भने । ट्राफिकका अनुसार बाग्मती अञ्चलमा मात्र ९ लाख मोटरसाइकल–स्कुटी दर्ता भएका छन् । तीमध्ये ७ लाख काठमाडौं उपत्यकाभित्रका मात्र छन् ।
उपत्यकामा दुर्घटना हुनुको कारणको विषयमा उपत्यका ट्राफिक कार्यालय महाशाखाका प्रमुख डिआइजी सर्वेन्द्र खनालले भने उपत्यका भित्रका सडकको अवस्था, भौतिक संरचना तथा चालकको आफ्नै लापरबाहीको कारण भएको बताए । ‘ट्राफिक व्यवस्थापनको हिसाबले पहिलेको तुलनामा दुर्घटना घटेको हो, कतिपय दुर्घटना ट्राफिक व्यवस्थापन बाहिरको कारणले देखिन्छन्,’ उनले भने । सडकमा ट्राफिक बत्ती, सडक बत्ती नहुनु, लेन चिह्न नहुनु, सडक विस्तारसँगै बिजुलीको पोल नसारिनु, चालक आफ्नै लापरबाही जस्ता कारणले भएको खनालको मूल्यांकन छ । खनालका अनुसार मोटरसाइल, स्कुटीको दुर्घटना हुनुमा यी सवारी साधनको आफ्नै संरचना पनि दुर्घटना हुने प्रकृतिका छन् ।
‘सडक फराकिलो छ, तर बिजुलीको पोल पुरानै ठाउँमा छन्, त्यहाँ गाडी ठोक्किएको देखिन्छ,’ उनले भने ।

प्रकाशित: १३ पुस २०७४ ०४:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App