७ वैशाख २०८१ शुक्रबार
कला

भक्तपुरमा नारायण गोपाल स्मृति साँझ

भक्तपुर–भक्तपुर सांगीतिक समाजको आयोजनामा भक्तपुरमै पहिलोपटक नारायणगोपाल साँझ हुने भएको छ । समाजले सोमबार भक्तपुरमा पत्रकार सम्मेलन गरी आगामी पुस २२ गते शनिबार भक्तपुरको सूर्यविनायकस्थित थापा पार्टी प्यालेसमा साँंझ गर्ने जानकारी गराएको छ ।  भक्तपुरमा पनि सांगीतिक माहोल बन्छ भन्ने देखाउने हेतुले साँझ गर्न लागेको समाजका संयोजक कपिल कसपालले बताए ।

‘यहाँ संगीतको औपचारिक पढाइ पनि हुँदैन,संगीत अध्ययनमा अभिप्रेरित गर्ने खालको सांगीतिक कार्यक्रम पनि खास हुँदैनन् अनि  सिक्दै गरेका नयाँ कलाकारले पनि आफ्ना कला देखाउने मञ्च पाउँदैनन् । भक्तपुर सांगीतिक समाजले यो स्थितिमा सुधार गर्ने जमर्को गरेको छ’ उनले भने । समाजले कार्यक्रममा सहभागिताका लागि एक हजार रुपियाँको टिकट लिन पर्ने जनाएको छ । 
टिकट भक्तपुरका विभिन्न ठाउँबाट पाउन सकिने भएको जनाइएको छ । कार्यक्रमका लागि आयोजकले रु. ८ लाख खर्च हुने अनुमान गरेको छ । कार्यक्रममा डेढ दर्जन गीतहरू तथा गायक कर्णदासको पनि प्रस्तुति रहने आयोजकको भनाइ छ ।
  

 

प्रकाशित: १३ पुस २०७४ ००:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App