coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

विभागीय टोली सफल

पोखरा–राखेप च्याम्पियनशिपअन्तर्गत २१औं महिला तथा ३१औं पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको दोस्रो दिन पनि विभागीय टिम एपिएफ र नेपाल पुलिसका पुरुष र महिला दुवै टोलीले विजयी नतिजा निकालेका छन्। 

महिलातर्फ एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्वलाई २५–९, २५–१९, २५–७ को सोझो सेटमा हराउँदा पुलिसले पूर्वाञ्चललाई २५–१७, २५–१५, २५–१६ को सोझो सेटमा स्तब्ध बनायो। 

पुरुषतर्फ एपिएफले मध्यपश्चिमाञ्चललाई २५–१०, २५–९, २५–२० को सोझो सेटमा हरायो । पुलिसले सुदूर पश्चिमाञ्चललाई २५–१७,  २५–१९, २५–१८ को सोझो सेटमा पराजित ग¥यो।

पोखरा रंगशालामा भएको प्रतियोगितामा घरेलु टोली पश्चिमाञ्चलले पनि दोहोरो जित निकाल्न सफल भयो । महिलातर्फ पश्चिमाञ्चलले मध्य पश्चिमाञ्चललाई २५–७, २५–५, २५–२३ को सोझो सेटमा हराउँदा पुरुषतर्फ पूर्वाञ्चललाई २५–१८, २५–१८, २७–२५ को सेटमा पाखा लगायो। 
महिलाको अर्को खेलमा मध्यामञ्चलले सुदूर पश्चिमाञ्चलमाथी २५–३, २५–५, २५–११ को जित निकाल्दा पुरुषतर्फ आर्मीले मध्यमाञ्चललाई २५–८, २५–१०, २५–२० को सोझो सेटमा हरायो। 

 

प्रकाशित: १३ पुस २०७४ ००:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App