८ वैशाख २०८१ शनिबार
खेल

कार्भाहलको दाबी

मड्रिड–रियाल मड्रिडका रक्षक ड्यानी कार्भाहलले बुधबार सिजनको पहिलो एल क्लासिकोमा बार्सिलोनालई ३–० को नतिजा सुम्पदै अंक तालिकामा १४ अंकले पछि परे पनि अझै स्पेनिस ला लिगाको उपाधि जित्ने सम्भावना भएको दाबी गरेका छन् ।

ला लिगामा १७ खेल सकिँदा ४५ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ भने ३१ अंकका साथ रियाल चौथो स्थानमा छ ।
‘न हामीले ला लिगा हारिसकेका छौं, न बार्सिलाने उपाधि जितिसकेको छ । हामीबीच भएको अंक दुरी भेट्टाउनै नसकिने छैन । तर त्यसका लागि हामीले बाँकी खेलमा सुखद नतिजा ल्याउन आवश्यक छ,’ २५ वर्षे कार्भाहलले भने, ‘डिसेम्बर महिनामै ला लिगा कसले जित्यो र कसले हा¥यो भन्ने छिनोफानो गर्नु हतार हुनेछ ।’

‘त्यो दुखद हार थियो । तर हामी रियाल मड्रिड हांै । यो वर्ष हाम्रा लागि निकै सुखद बन्यो,’ कार्भाहालले थपे, ‘तर सिजन सकिन अझै ६ महिना बाँकी छ । त्यसैले हाम्रो उपाधि रक्षा गर्ने सम्भावना अझै जीवित छ ।’
रियालले गत सिजन च्याम्पियन्स लिग र स्पेनिस ला लिगाको उपाधि जितेको थियो । साथै क्लब च्याम्पियन्स लिग इतिहासमा उपाधि रक्षा गर्ने पहिलो टोलीसमेत बनेको थियो । रियालले यस सिजन युरोपियन सुपरकप, स्पेनिस सुपरकप र क्लब विश्वकप सहित पाँच उपाधि जितेको थियो ।

 

प्रकाशित: १३ पुस २०७४ ००:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App