८ वैशाख २०८१ शनिबार
खेल

अमृत र छिरी क्वाटरफाइनलमा

काठमाडौं–पश्चिमाञ्चलका अमृत थापा मगर र मध्यमाञ्चलका छिरी लामा राखेप च्याम्पियनसिप– २०७४ अन्तर्गत १० औं राष्ट्रिय स्क्वास प्रतियोगिताको पुरुष एकलमा बुधबार क्वार्टरफाइनल पुगेका छन् ।

अमृतले मध्यमाञ्चलका विजय मगरलाई ११–५, ११–३, ११–६ तथा छिरीले नेपाल प्रहरी क्लबका ज्ञानु चौधरीलाई ११–७, ११–५, ११–७ को सोझो सेटमा पराजित गरे । सोही स्पर्धामा प्रहरीका दीपक थापाले मध्यमाञ्चलका सुगम तुल्सानलाई १४–१२, ११–८, १३–११ पश्चिमाञ्चलका पदमबहादुर थापाले प्रहरीका अमिर भ्लोनलाई ११–२, ११–४, ११–९ तथा मध्यमाञ्चलका अरहान्तकेशर सिम्हले पूर्वाञ्चलका दिलिपनरसिंह अधिकारीलाई ११–५, ११–५ र ११–६ को नतिजामा हराए ।

महिला एकलमा मध्यमाञ्चलका भावना सुनुवार, मन्जिला आले मगर, स्वस्थानी श्रेष्ठ, सपना भ्लोन, श्रीमाया लामा र विपना भ्लोन तथा पूर्वाञ्चलकी मुस्कान राउत र पश्चिमाञ्चलकी कृष्णा थापाले क्वार्टरफाइनलको यात्रा तय गरे ।

 

प्रकाशित: १३ पुस २०७४ ००:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App