८ वैशाख २०८१ शनिबार
खेल

इङल्यान्डको गतिलो सुरुआत

मेलबर्न–ओपनर एलेस्टर कुक र तीब्र गतिका बलर स्टुवाट ब्रोडको उत्कृष्ट प्रदर्शनप्रेरित इङल्यान्डले बुधबार एसेज शृंखलाअन्तर्गत अस्ट्रेलियाविरुद्ध चौथो टेस्टको पहिलो इनिङमा गतिलो सुरुआत गरेको छ ।

दोस्रो दिनको खेल सकिँदा इङल्यान्ड १९२–२ मा खेलिरहेको छ । इङल्यान्ड पहिलो इनिङमा अझै १ सय ३५ रनले पछि छ ।
कुक अविजित १ सय ४ र कप्तान जो रुट अविजित ४९ रनमा खेलिरहेका छन् । पहिलो तीन टेस्टमा पराजित हुँदै अस्ट्रेलियालाई शृंखला ३–० ले सुम्पिएपछि कुक र ब्रोड आलोचित बनेका थिए । उनीहरुलाई अनुभवी भए पनि स्तर अनुसारको प्रदर्शन गर्न सकेको भन्दै खेल जीवनबाट विश्राम लिनुपर्ने आवाज समेत उठेको थियो ।

कुकले पछिल्लो १० इनिङमा अर्धशतक प्रहार गर्न सकेका थिएनन् । उनले जारी शृंखलाको ६ इनिङमा ८३ रन मात्र जोड्न सकेका थिए । इङल्यान्डले ३५ रन बनाउदा पहिलो विकेट गुमाएको थियो । ओपनर मार्क स्टोनम्यानलाई स्पिनर नाथन लियोनले कट एण्ड बोल्ड गरेका थिए । ३७ बल खेलेका स्टोनम्यानले १ चौका मद्दतमा १५ रन जोडे् । त्यस्तै जेम्स भिन्सेले पनि उल्लेख्य प्रदर्शन गर्न सकेनन् । भिन्सेलाई तीब्र गतिका बलर जोस हाज्लेउडले एल्बीडब्लुको शिकार बनाएका थिए । भिन्सेले १७ रन जोडे ।

यसअघि ब्रोड खतरनाक साबित हुँदा २४४–३ बाट दोस्रो दिनको खेल सुरु गरको अस्ट्रेलियाले थप ८३ रन जोड्दा बाँकी सात विकेट गुमाएको थियो ।  पहिलो दिन ६५ रनमा अविजित भएका कप्तान स्टिभ स्मिथ टम कुरानको बलमा बोल्ड भएसँगै अस्ट्रेलियाली इनिङ पतन सुरु भएको थियो । त्यस लगत्तै ब्रोडले सन मार्सलाई ६१ रनमा एल्बीडब्लुको शिकार बनाएपछि अस्ट्रेलियाली इनिङ थप दबाबमा परेको थियो ।

त्यसपछि ब्याटिङका विकेटकिपर टिम पायने २४ रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याटस्म्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् । इङल्यान्डका ब्रोडले ५१ रन खर्चदै ४ विकेट, जेम्स एन्डरसनले ३  क्रिस ओक्सले २ र कुरानले १ विकेट लिए ।

 

प्रकाशित: १३ पुस २०७४ ००:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App