७ वैशाख २०८१ शुक्रबार
कला

सन् २०१८ का बहुप्रतिक्षित बलिउड चलचित्रहरू

काठमाडौँ – पछिल्लो समय बलिउड चलचित्रहरूले भारतमा मात्र नभएर विश्व भर नै चर्चा कमाइरहेका छन्। विश्वभरबाट नै बलिउड चलचित्रहरूले राम्रो व्यापार गर्दै आइरहेका छन्। 

बाहुबली २,  गोलमाल अगेन, सेक्रेट सुपरस्टार, रइस, काबिल, बद्रीनाथकी दुल्हनीया, ट्वाइलेट एक प्रेम कथा, जुडवा २ जस्ता चलचित्रहरू सन् २०१७ का सफल चलचित्रहरू हुन् । त्यस्तै सलमान खान अभिनित चलचित्र टाइगर जिन्दा हे ले अहिले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ। 

सन् २०१८ मा पनि धेरै नै चलचित्रहरू प्रदर्शन आउन लागेका छन् । यी हुन् सन् २०१८का बहुप्रतिक्षित चलचित्रहरू 

१) २.० (रोबोट २) – रजनीकान्त, अक्षय कुमार, एमी जक्सन अभिनित २.० सन् २०१८ को बहुप्रतिक्षित चलचित्र मध्येको एक चलचित्र हो । सन् २०१० मा प्रदर्शनमा आएको रोबटको स्क्विेल रोबट २(२.०)लाई एस शंकरले निर्देशन गरेका छन्। ४५० करोड बजेटमा बनेको उक्त चलचित्रको प्रदर्शन मिति २५ जनवरीलाई तोकिएको छ।

२) ठग्स अफ हिन्दुस्थान – हुन त पछिल्लो समय जो कोही पनि अमिर खान अभिनित चलचित्रको प्रतिक्षामा हुन्छन्। त्यसमाथि पनि अमिर खान र अमिताभ बच्चन यो चलचित्रमा पहिलो पटक सँगै देखा पर्दैछन् । ७ नोभेम्वर रिलिज डेट तोकिएको यस चलचित्रमा अमिर खान, अमिताभ बच्चन, कट्रिना कैफ लगायतको अभिनय रहेको छ ।  २१० करोड बजेट रहेको यस चलचित्रलाई  विजय कृष्ण आचार्य निर्देशन गरेका हुन्। 

३) दबंग ३ – सलमान खान अभिनित चलचित्र दबंग, दबंग २ हिट भएपछि दबंग ३ सन् २०१८ मा प्रदर्शन आउने भएको छ । अरबाज खान निर्देशित यस चलचित्रमा सलमान खानबाहेक अन्य कलाकार फिक्स गरिएको छैन् । यस चलचित्रलाई २०१८ को इदमा प्रदर्शन गरिने तयारी भइरहेको छ।

४) बागी २ – सन् २०१६ को सफल चलचित्र बागीको स्क्विेल हो बागी २ । टाइगर श्राफ, दिशा पटानी, मनोज बाजपायी लगायतको अभिनय रहेको यस चलचित्रलाई २७ अप्रिलमा प्रदर्शन गरिने भएको छ । ५० करोडको बजेटमा बनेको बागी २लाई अहमद खानले निर्देशन गरेका हुन्। 

५) चन्दा मामा दूर के – सुशान्त सिंह राजपूत, आर माधवन, श्रद्धा कपुर, भूमी लगायतको अभिनय रहेको चन्दा मामा दूर के सन् २०१८ को प्रतिक्षित चलचित्र मध्येको एक चलचित्र हो । सञ्जय पुरन सिंह चौहानले निर्देशन गरेको यस चलचित्रको प्रदर्शन मिति २६ जनवरीलाई तोकिएको छ। 

६) परी – भर्खरै मात्र क्रिकेटर विराट कोहलीसँग वैवाहिक सम्बन्धमा बाँधिएकी नायिका अनुष्का शर्माको परी पनि सन् २०१८को प्रतिक्षित चलचित्र मध्येको एक हो । ९ फेब्रुअरी प्रदर्शन मिति तोकिएको यस चलचित्रलाई प्रोशित रोयले निर्देशन गरेका हुन्। 

७) प्याडम्यान – पछिल्लो समय चेतनामूलक चलचित्रमा आफूलाई प्रस्तुत गर्न थालेका अक्षय कुमारको अर्को चेनतामूलक चलचित्र हो प्याडम्यान ।  अक्षय कुमार, सोनम कपुर, राधिका आप्टे लगायतको अभिनय रहेको यस चलचित्रको प्रदर्शन मिति २६ जनवरीलाई तोकिएको छ । यस चलचित्रलाई आर बल्कीले  निर्देशन गरेका हुन्।

८) रेम्बो –  टाइगर श्राफ अभिनित चलचित्र रेम्बो पनि २०१८को प्रतिक्षित चलचित्र मध्येको एक हो । सिद्धार्थ आनन्दको निर्देशन रहेको उक्त चलचित्र २०१८मा प्रदर्शन गरिने भएको छ।

 ९) सन् २०१८को प्रतिक्षित चलचित्रहरू मध्येको अर्को चलचित्र हो शाहरुख खान, कट्रिना कैफ, अनुष्का शर्मा लगायत अभिनित चलचित्र । अहिलेसम्म कुनै नाम नदिइएको उक्त चलचित्रलाई आनन्द एल राईले निर्देशन गरेका छन्। १६० करोडको बजेटमा बनेको उक्त चलचित्रको प्रदर्शन मिति पनि तोकिएको छैन्।

१०) साहो – बाहुबली र बाहुबली २ पछि प्रभासको अर्को प्रतिक्षित चलचित्र हो साहो। साहोमा प्रभाससँगै श्रद्धा कपुर, निल नितिन मुकेश आदिको अभिनय रहेको छ । सुजिथको निर्देशन रहेको उक्त चलचित्रको पनि प्रदर्शन मिति तोकिएको छैन्।

प्रकाशित: १२ पुस २०७४ ११:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App