८ वैशाख २०८१ शनिबार
समाज

घटनाको उच्चस्तरीय अनुगमन

वीरगञ्ज –वीरगञ्ज महानगरपालिका –१८ पटेलनगरस्थित सुपर ग्यास उद्योगमा गत पुस ५ मा भएको आगलगी घटनाको जाँचबुझ उच्चस्तरीय सरकारी टोलीले गरेको छ ।

‘चार दिनभित्र हामीले यसको प्रतिवेदन सार्वजनिक गर्नेछौं । आगलगी भएको उद्योगबाट विभिन्न पक्षसँग कुराकानी गरी अवलोकनपछिको तथ्यहरु लिएका छौं,’ छानविन समितिका संयोजक रहेका आपूर्ति मन्त्रालयका कुमारप्रसाद दाहालले भने,‘ पहिलो चरणमा प्राविधिक त्रुटी भएको र नियन्त्रण गर्नमा मानवीय कमजोरी भएपछि घटना भएको हो ।’

प्राविधिकभन्दा मानवीय त्रुटीले गर्दा ५९ बर्षको इतिहासमा पहिलो पटक यस्तो दुर्घटना भएको दाहालले बताए । घटनामा आगो नियन्त्रण गर्न गएका बारुण यन्त्रका कर्मचारीहरु तनँहूको ड्ुम्रेका मधुसुदन मिश्रा र सर्लाही लालबन्दीका यादवप्रसाद अधिकारीमकने घटनास्थलमा मृत्यु भएका थिए । जलेर गम्भीर रुपमा घाइते भएर काठमाडौंमा उपचारका क्रममा विराटनगरका सन्जिव नेपालको मृत्यु भएको थियो । त्यस्तै अन्य दुई जना घाइते छन् ।दाहाल नेतृत्वको छानविन समितिमा नेपाल आयल निगमका निर्देशक दिपक दाहाल, निगमका प्रबन्धक प्रलयंकर आचार्य, गुणस्तर तथा नापतौल बिभागका प्राविधिक उपसचिव मणिकुमार भुषाल, उद्योग विभागका उपसचिव प्रशान्त बोहरा रहेका छन् । ‘उनीहरुले छानविन गरेर फर्किएका छन् । प्रतिवेदनको आधारमा कारवाही प्रक्रिया अघि बढाउने छौं,’ पर्साका प्रमुख जिल्ला अधिकारी बिनोदप्रकाश सिंहले भने ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App