७ वैशाख २०८१ शुक्रबार
कला

‘मिस्टर झोले’ कुनै फिल्मको सिक्वेल होइन : अभिनेता दयाहाङ

काठमाडौं – अभिनेता दयाहाङ राईद्धारा अभिनित फिल्म ‘मिस्टर झोले’ आगामी पुस २८ मा रिलिज हुँदैछ । हाल ‘मिस्टर झोले’ युनिट फिल्म प्रचार प्रसारमा सक्रिय भइरहेको छ । मंगलबार आयोजित कार्यक्रममा अभिनेता राईले ‘मिस्टर झोले’ यसअघि रिलिज भएको ‘झोले’ र ‘कबड्डी’को सिक्वेल नभएको प्रतिक्रिया दिएका छन् ।

‘नयाँ कथामा निर्माण भएको ‘मिस्टर झोले’ यसअघिको ‘झोले’ र ‘कबड्डी’को सिक्वेल होइन् । सबै फिल्म एउटै मेकरबाट निर्माण भयो भन्दैमा कथा मिल्छ भन्ने मिल्दैन् । तुलनात्मक रुपमा ‘मिस्टर झोले’का पात्र र पृष्ठभूमि फरक छन्,’उनले भने,‘व्यवसायिक फिल्ममा काम गर्दा निर्देशकले फिल्म चलाउन चलेका पात्र छनोट गर्ने गर्छन् । त्यसकारण मैले कथा छनोटमा ध्यान दिइन् भन्न मिल्दैन ।’

उनले ‘सेतो सूर्य’ र ‘तान्द्रो’ लगायत फिल्म हेरेर आफ्नो मूल्याङ्कन गर्न आग्रह गरेका छन् । निर्देशक रामबाबु गुरुङले ‘मिस्टर झोले’ निर्माण गरेका हुन् । फिल्ममा अभिनेता राईबाहेक वर्षा राउत, दीया पुन, बुद्धि तामाङ, विजय बराल, प्रविन खतिवडा र अरुणा कार्की लगायत कलाकारले अभिनय गरेका छन् । त्यस्तै संगीतकार कालीप्रसाद बाँस्कोटा र सुजेन कार्कीको संगीत दिएका छन् भने शैलेन्द्र डी कार्कीले फिल्म खिचेका हुन् ।  फिल्म सिनेमा आर्ट्स र टेकेन खड्का फिल्म प्रोडक्सनको व्यानरमा निर्माण भएको हो ।

प्रकाशित: १२ पुस २०७४ ०७:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App