१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

बारामा माछा महोत्सव

कलैया – नेपाल मत्स्य व्यवसायी संघ बाराले आउँदो माघ २५ गतेदेखि २७ गतेसम्म कोल्हवी नगरपालिका–१ कोल्हवी बजारमा दोस्रो माछा महोत्सव आयोजना गर्ने भएको छ। 

‘मत्स्यपालनको विकास समृद्धिसँगै राष्ट्रको विकास, स्वदेशी माछा खाऊँ, स्वस्थ रहौँ’ नाराका साथ उक्त महोत्सवको आयोजना गर्न लागेको नेपाल मत्स्य व्यवसायी संघ बाराका अध्यक्ष जंगबहादुर साहले जानकारी दिए। 

महोत्सव सम्पन्न गर्न संघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्र चौधरीको संयोजकत्वमा १३ सदस्यीय समारोह समिति तथा विभिन्न उपसमिति गठन गरिएको छ। गत वर्ष कलैयामा प्रथम माछा महोत्सव आयोवजना गरिएको थियो। 

प्रकाशित: १२ पुस २०७४ ०७:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App