coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सडक महोत्सवले सजियो लेकसाईड

पोखरा – पोखरामा अंग्रेजी नयाँवर्षको स्वागत र पुरानो वर्षको विदाइ भोली बिहीवार देखि आयोजना हुने सडक महोत्सवको सबै तयारी पुरा भएको छ । पोखरामा करिब पाँचलाख आन्तरिक पाहुना भित्र्याउने लक्ष्य सहित रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) पोखराले यो महोत्सव गर्दैछ ।

महोत्सवको तयारीमा जुटेको सिंगो लेकसाइड यतिबेला झकिझकाउ छ । ध्वजापतका र ब्यानरले लेकसाइड रंगीएको छ । महोत्सवमा आउने पाहुनाको स्वागतका लागि ठाउँठाउँमा स्वागतद्वार बनाइएको छ । होटल र रेस्टुरेन्टले सडक सहित आन्तरिक सजावट पनि चिटिक्क पारेका छन् । 
व्यावसायीका अनुुसार लेकसाइडको रौनक पर्यटनमय बनिसकेको छ । महोत्सवमा घुम्न आउन र अंग्रेजी नयाँवर्ष मनाउन पोखरा आउने आन्तरिक पाहुनाले अधिकांश होटलको बुकिङ सकिएको छ । अग्रिम बुकिङ नगरी आउने पाहुनाले होटलमा बास पाउन समेत मुस्किल हुने व्यावसायीको भनाई छ । पोखराको लेकसाइडमा मात्र पर्यटकस्तरीय होटलमा करिब २२ हजार बेड रहेका छन् । ती सबैजसो अग्रिम बुकिङ भईसकेका छन् । पोखराको लेकसाइड बाहेक आसपासका क्षेत्रले पनि यो बेला पर्याप्त आन्तरिक पाहुना पाउने हुँदा व्यावसायी उत्साही भएका छन् । 

अंग्रेजी नयाँवर्षको स्वागत र पुरानो वर्षको बिदाई गर्दै एकै समय र अवधिका लागि पोखरामा यो महोत्सव आयोजना हुँदै आएको छ । पुस १३ देखि १७ गतेसम्म चल्ने महोत्सवको यो १९ औं संस्करण हो । सडक महोत्सवको सबै तयारी पुरा भएको आयोजक रेबानले जानकारी दिएको छ । सडकमै खाऔ, सडकमै नाँचौ र सडकमै रमाऔ भन्दै हरेक वर्ष एकै समयमा लेकसाइडमा मेला हुने गरेको छ । 

अंग्रेजी नयाँवर्षको स्वागत र पुरानो वर्षको बिदाई गर्दै एकै समय र अवधिका लागि पोखरामा यो महोत्सव आयोजना हुँदै आएको छ । पुस १३ देखि १७ गतेसम्म चल्ने महोत्सवको यो १९ औं संस्करण हो । सडक महोत्सवको सबै तयारी पुरा भएको आयोजक रेबानले जानकारी दिएको छ । सडकमै खाऔ, सडकमै नाँचौ र सडकमै रमाऔ भन्दै हरेक वर्ष एकै समयमा लेकसाइडमा मेला हुने गरेको छ । 
आयोजक रेबानका अध्यक्ष चौबहादुर गुरुङले महोत्सवमा करिब ५ लाख आन्तरिक पाहुना भित्र्याउने लक्ष्य राखेको बताए । पोखरा सेरोफेरो, देश तथा विदेशका विविध संस्कृतिको परिचय गराउँदै त्यसको संरक्षणमा उल्लेख्य योगदान पुर्याउने  गरि महोत्सव गर्न थालेको उनले बताए । ‘पोखरालाई नेपालभित्रमात्र नभई विश्व बजारमा थप परिचित गराउन पनि सघाउँछ,’ उनले भने, ‘पोखराको यो महोत्सव भिन्दै ब्राण्ड बनिसकेको छ । यसलाई अझ स्तरीय बनाउन हामी सबैको पहल जरुरी छ । यो महोत्सव सिंगै पोखराको गौरव पनि हो ।’
पोखरामा हुने महोत्सवले अंग्रेजी नयाँवर्ष मनाउन विदेश जाने नेपालीलाई स्वदेशमै रोक्न सकेको उनले बताए । नेपालमा कुनैपनि गतिविधि नहुँदा विदेश जाने नेपालीहरु अहिले स्वदेशमै रोकिन थालेको उनले बताए । ‘महोत्सवले नेपाली पाहुनालाई विदेश जानबाट रोकेको त छ नै विदेशीलाई पनि पोखरा ल्याउन सफल भएका छौं,’ गुरुङले भने, ‘क्रिसमस र नयाँ वर्ष मनाउन स्वदेश फर्किने विदेशीलाई पनि पोखरामै रोक्न सकिएको छ ।’ 

लेकसाइडको फिस्टेल गेटदेखि खहरे र डिहीको पाटनसम्मको ३ किलोमिटर दुरीमा आयोजना हुने सडक महोत्सवमा मनोरञ्जनात्मक गतिविधि पनि हुनेछन् । महोत्सवमा लोकदोहोरी गीत, बाल उद्यान, फुड फेष्टिवल, पञ्चेबाजा, नेवारी लाखेनाच, गुरुङ नाच, थकाली नाच, भजन चुड्का, मगर समुदायको कौडा, तामाङ सेलो लगायतका गतिविधि हुनेछन् ।

रेबानका अनुुसार महोत्सवमा जापान, चीन, कोरियन र भारतीय समुहले सांस्कृतिक कार्यक्रम पस्कनेछन । नेपालका सातैवटा प्रदेशका सांस्कृतिक समुहले पनि आफ्नो कला प्रदर्शन गर्नेछन् । उनका अनुसार प्रदेश १ बाट झापाको सतार, २ बाट जनकपुरको मैथली, ३ बाट काठमाडौंको नेवारी, ४ बाट कास्कीको गुरुङ, ५ बाट बर्दियाको थारु, ६ बाट हुम्लाबाट हुम्लेली र ७ बाट डडेलधुराको देउडा जातीको सांस्कृतिक समुह आउने उनले बताए । 
‘सडकमै खाउँ, सडकमै नाचौ र सडकमै रमाऔं’ भन्ने मूल नाराका साथ आयोजना भएको महोत्सव पोखरा र आसपासका ओझेलमा परेका कला, संस्कृति र रहनसहनको प्रचारसँगै बिदेशीमाँझ नेपाली कला संस्कृती चिनाउने सफल भएको आयोजकको भनाई छ । लेकसाइडको फिस्टेल गेटदेखि खहरे र डिहीको पाटनसम्मको ३ किलोमिटर दुरीमा आयोजना हुने सडक महोत्सवमा मनोरञ्जनात्मक गतिविधि पनि हुनेछन् । महोत्सवमा लोकदोहोरी गीत, बाल उद्यान, फुड फेष्टिवल, पञ्चेबाजा, नेवारी लाखेनाच, गुरुङ नाच, थकाली नाच, भजन चुड्का, मगर समुदायको कौडा, तामाङ सेलो लगायतका गतिविधि हुनेछन् ।
महोत्सवमा १ सय भन्दा बढी ब्यापारिक स्टल हुनेछन् । त्यसबाहेक कास्की आसपासका ६ जिल्लाका उत्पादित सुन्तला तथा कृषि उत्पादनको प्रदर्शनी हुनेछ । त्यसबाहेक अन्तर्राष्ट्रिय खाना, मनोरञ्जनस्थल हुनेछन् । त्यस्तै हस्तकला प्रदर्शनी, बालउद्यान, साहसिक पर्यटक खेलकुद लगायतका गतिविधि पनि हुनेछन् । 
रेवान पोखराका निवर्तमान अध्यक्ष गोपीबहादुर भट्टराईले पोखराको यो महोत्सव स्वदेशमा मात्र सिमित नरही विदेशमा पनि परिचित रहेकोले यसलाई भब्य बनाउन सबैको सहयोग जरुरी रहेको बताए । व्यावसायीका अनुसार पोखरा कतिपय विदेशी पाहुना क्रिसमस र नयाँवर्षकै कारण स्वदेश फर्किने गरेका छन् । त्यसले गर्दा यहाँ पर्यटक कमी हुने गरेमा महोत्सव मार्फत आन्तरिक पाहुना भित्र्याउन सकिएको भट्टराई बताउँछन् । 
‘महोत्सवकै कारण केही मात्रामा विदेशी पाहुनालाई रोक्न पनि सकिएको छ । नेपालमै काम गर्ने विदेशी पाहुनालाई भने त्यो बेला पोखरामा ल्याउन सकिएको छ,’ उनले भने, ‘त्यसबाहेक सबैभन्दा बढी आन्तरिक पाहुनाको माध्यमबाट यहाँ चमक ल्याउन सफल भएका छौं ।’ पोखरा पर्यटन परिषदका अध्यक्ष केदार शर्माले महोत्सवले पोखराको पर्यटनमा आर्थिक चलायमान बनाउन थालेको बताए । 

 

प्रकाशित: १२ पुस २०७४ ०५:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App