coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

विराटनगरलाई भैरहवाले दियो १२८ रनको चुनौती

काठमाडौं– एभरेष्ट प्रिमियर लिग (इपीएल) टी– २० क्रिकेट प्रतियोगितामा भैरहवा ग्लाडियटर्सले विराटनगर वारियर्ससामु जितका लागि १२८ रनको लक्ष्य प्रस्तुत गरेको छ।
  
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आजको पहिलो प्ले अफ खेलमा टस हारेर पहिला ब्याटिङ गरेको भैरहवा ग्लाडियर्टले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२७ रनको योगफल तयार पारेको हो।
 
विराटनगर वारियर्ससामु भैरहवा ग्लाडियटर्स सुरुमा खुलेर खेल्न नसक्दा मध्यम स्कोरमा समेटियो । भैरहवाका लागि सर्वाधिक रन आरिफ शेख र पुनित मिश्रले बनाएका थिए । शेखले ४६ र मिश्रले ४९ रनको योगदान दिए ।  २ जना बाहेक अन्य ब्याटसम्याले दोहोरो रनको स्कोर जोडन सकेनन्। 

भैरहवाले १७ रनमै ३ विकेट गुमाएको थियो । टोलीको १७ रन हुँदा कप्तान शरद भेषावकर ८ रन बनाउदै पेभेलियन फर्किएका थिए । त्यस्तै २७ रन हुँदा भैरहवाका रोहितकुमार पौडेल ७ रनमा आउट भएपछि भैरहवाको ब्याटिङ लाइन धर्मराएको थियो । त्यसपछि ब्याटिङ गर्न आएका आरिफ शेख र पुनित मिश्रले सम्हालिएर ब्याटिङ गर्दै टोलीको इनीङ उकासेका थिए । टोलीको स्कोर १०९ हुँदा भैरहवाका आरिफ शेख ४६ रन बनाइ क्याच आउट भएका थिए । आरिफले ३५ बलमा १ चौका र ३ छक्काको मद्दतमा सो रन बनाएका हुन् । त्यस्तै पुनित मिश्रले ३४ बलमा  ३ चौका र ३ छक्काको मद्दतमा सर्वाधिक ४९ रन बनाएका हुन। 

भैरहवालाई १२७ रनमा समेटन विराटनगरका लागि सहान एडिसा र करण केसीले २÷२ तथा पारस खड्का, अभिनास कर्ण र बसन्त रेग्मीले समान १/१ विकेट हात पारे ।

१२८ रनको विजयी लक्ष्य पाएको विराटनगरले अहिले जवाफी ब्याटिङ् गर्दैछ। यो समाचार तयार पार्दासम्म विराटनगरले ४ ओभरमा एक विकेट गुमाउँदै ओभरमा ३१ रन बनाएको छ।

यो खेलमा विजयी हुने टोली फाइनलमा पुग्नेछ भने पराजित हुने टोलीले पोखरा राइनोज र ललितपुर प्याट्रियसबीचको विजेता टोलीसँग फाइनल प्रवेशका लागि खेल्नुपर्नेछ। 

प्रकाशित: १२ पुस २०७४ ०५:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App