coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

प्रिमियर लिगमा चेल्सी  र लिभरपुल विजयी

इङ्ल्याण्ड–इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सी  र लिभरपुल विजयी हुँदा म्यानचेष्टर युनाइटेड भने बराबरीमा रोकिएको छ । 

लिग अन्तर्गत मंगरबार राती सम्पन्न खेलमा चेल्सीले ब्राइटनलाई २–० ले हरायो । चेल्सीको जितमा ४६ औं मिनेटमा मोराटा र ६० औं मिनेटमा अलन्सोले गोल गरेका थिए । यता लिभरपुलले स्वान्सी सिटीलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गरेको छ । लिभरपुलको जितमा ५२ र ६६ औं मिनेटमा फिरमिनो, छैटौं मिनेटमा कौटिन्हो, ६५ औं मिनेटमा अलेक्सऐन्डर अर्नोल्ड र ८२ औं मिनेटमा चेम्बरलेनले गोल गरे ।

त्यस्तै राति नै भएको अर्को खेलमा दोस्रो स्थानको म्यानचेष्टर युनाइटेड बर्नलेसँग २–२ को बराबरीमा रोकिएको छ। बराबरी पछि युनाइटेडको लिग जित्ने अभियानमा अर्को धक्का लागेको छ ।  

खेलको ३६ औं मिनेटमानै बर्नलेले २–० को अग्रता लिएको थियो । बर्नलेका लागि खेलको तेस्रो मिनेटमा बर्निस र ३६ औं मिनेटमा डिफोरले गोल गरे । तर त्यसपछि युनाइटेडले खेलमा पुनरागमन गर्दै २ गोल गर्न सफल भयो । युनाइटेडका लागि खेलको ५३ औं र दोस्रो हाफको इन्जुरी समयमा लिङ्गाडले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। 

बराबरी पछि युनाइटेड पहिलो स्थानको म्यानचेष्टर सिटी भन्दा १२ अंकले पछि परेको छ । सिटीले युनाइटेड भन्दा १ खेल कम खेलेको छ । आज हुने न्यूक्यासल युनाइटेडसँगको खेलमा सिटी विजयी भए १५ अंकको स्पस्ट अग्रता कायम गर्नेछ । यता रातिनै भएको अर्को खेलमा लेस्टर सिटीलाई २–१ ले पराजित गर्दै वाट्फोर्ड विजयी भयो ।

 वर्नमाउथ र वेष्टह्यामले ३–३, हडल्सफिल्ड र स्टोक सिटीले १–१ र वेष्टब्रोम र एभर्टनले भने गोल रहित बराबरी खेल्दै अंक बाडेका छन । 

 

प्रकाशित: १२ पुस २०७४ ०३:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App