coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कुखुरा सकाए योजना आएन

स्थानीय विमलराज दर्जी संस्थाका कर्मचारीले कुखुरा खाएको उदारो खाता देखाउँदै।

पवित्रकुमार शाही
कालिकोट– जिल्ला कोटबाडाका गरिब दलित समुदायले सिचाई योजना पाउने आसमा  गैरसरकारी संस्थाका कर्मचारीलाई ४० हजार मूल्य बराबरको खान्की खुवाए। कर्मचारीको माग बमोजिम  दर्जनौं कुखुरा,दाल भात, माछामासु, घ्यु मह लगाएतका खान्की सकाएपनि  गाउँको योजना एकाएक फिर्ता भएपछि उनीहरु आक्रोशित भएका छन् ।
कोटबाडा स्थित वडा नं. ९ मा रहेको दलित वस्तीको मजिउन खोला सिचाई आयोजना सबै कागजी प्रक्रिया पूरा भएपछि अचानक  फिर्ता भएको हो । नेपाल ग्रामिण पुर्ननिमाण संस्था (आरआरएन) नामक गैरसरकारी संस्थाद्वारा संचालित सामुदायिक विकास कार्यक्रम (सिडिपी) ले दलित बस्तीमा योजना आवश्यक भएको भन्दै सबै प्रक्रिया पूरा गरेको थियो ।
संस्थाका कर्मचारी मध्ये  जिविकोपार्जन अधिकृत झमलाल पौडेल, सव–इन्जिनियर सुशील बोहोरालगाएतका कर्मचारीले गाउँलेसँग कुखुरा मगाएर खाएको विमलराज दर्जिले बताए । त्यस्तै स्थानीय गोहोडे विकले पनि  संस्थाका कर्मचारीलाई ५ हजार बरावर मूल्य पर्ने ५  लिटर घ्यु लगेको  बताए। दलित वस्तीमा ठूलो सिचाई योजना आउँछ भन्ने आशले खुसीले  ५ लिटर घ्यु  दिएको उनले बताए। तर गोडे र उनीजस्ता सोझा गाउँलले कुखुरा लगाएतका अन्य खान्की खुवाएपनि काम भने भएन।
फिल्ड सुपरभाइजर कमल सुवेदीले एक कुखुरा खाएको स्वीकार गरे । तर एक्लै नखाइ एक जना अधिकृतसँग खाएको बताए।
 आर्थिक वर्ष २०७१ ÷ २०७२ को सातौं गाउँ परिषदहुँदै योजनाका १४ चरण पास भएको थियो। तर संस्थाले सर्वेक्षण तथा इस्टिमेट  गरी काम संचालन गर्ने तयारी भएपछि बजेट केन्द्रीय कार्यालयमा फिर्ता गर्नु होपाहा प्रवृत्ति भएको स्थानीय विमलराज दर्जीले बताए।
सदरमुकामदेखि  सो गाउँसम्म दुई दिनको बाटोमा ओहोर दोहोर गर्दा संस्थाका कर्मचारीको झोला लगाएतका संस्थागत सामाग्री निशुल्क बोकाउँदा पनि योजना नपरेको स्थानीयको गुनासो छ।
दर्जीका अनुसार तत्कालीन फिल्ड सुपरभाइजर कमल सुवेदीलाई फिर्ता जानुको कारण सोध्दा संस्थाका जिल्ला संयोजक लिलाराम न्यौपानेले दलित बस्तीमा काम गर्न असहज हुन्छ भन्दै योजना फिर्ता गरेको सुनाए । २२ लाख लागत इस्टिमेट गरिएको संस्थाले जनाएको छ।  सिचाई कुलोको बजेट फिर्ताहुँदा कोटबाडाका दलित समुदायका लागि मुखमा राखेको भातको थाली फिर्ता लिए जस्तै लागेको स्थानीय अग्र दर्जीले गुनासो गरे।
कोटबाडा ७,८ र ९ का ४ सय २० घरधुरीलाई लाभान्वित गर्ने उद्देश्यले संचालन गर्न लागेको योजना फिर्ता भएपछि दलित समुदायले खेतबारीमा सिचाई गर्ने आसा मारिसकेका छन्। कोटबाडामा संस्थाद्वारा १० वटा नागरिक सचेतना केन्द्र गठन गरिएको भएपनि कामको जिम्मेवारी भने कुनै नपाएको स्थानीयको गुनासो छ। तत्कालीन सुपरभाइजर कमल सुवेदीका अनुसार योजना छनौट गर्दा गाउँ परिषद हुँदै जिल्ला परिसद्ले पारित गरी सबै प्रक्रिया पूरा भएको थियो। तर, जिल्ला संयोजक लिलाराम न्यौपानेले दलितबस्तीमा सिचाई योजना संचालन गर्न अत्यान्तै असहज हुने भएकाले योजना फिर्ता गराएको सुनाए ।
लागत इस्टिमेट र सर्वे गरी सकेको सिचाई कुलो फिर्ता नगरी तत्काल संचालनमा ल्याउनु पर्ने नागरिक समाज कालिकोटका अगुवा अमलराज शाहीले बताए।

 

प्रकाशित: ६ असार २०७३ ०८:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App