coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पुस २१ गतेदेखि हिमालयन हाइड्रो एक्स्पो

काठमाडौं– पुस २१ गते देखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हिमालयन हाइड्रो एक्स्पो २०१८ आयोजना हुने भएको छ ।स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल –इपान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको आयोजनामा उक्त एक्स्पो हुने मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो ।


तीन दिनसम्म चल्ने उक्त कार्यक्रममा १२ मुलुकको सहभागिता हुने र उक्त  प्रदर्शनी ५० हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ ।

उक्त अवसरमा इपान अध्यक्ष शैलेन्द्र गुरागाईले नयाँ प्रविधिको जानकारी र नीति निर्माण तहमा रहेका व्यक्तिलाई सुझाव दिने उद्देश्यले यस्तो एक्स्पो गर्न लागिएको बताए ।एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसका प्रबन्ध निर्देशक विजयसागर प्रधानलेतीन दिनसम्म चल्ने उक्त कार्यक्रममा १२ मुलुकको सहभागिता हुने र उक्त  प्रदर्शनी ५० हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको जानकारी दिए।

नेपालमा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको हाइड्रो एक्स्पो आयोजना गर्न लागिएको जानकारी उक्त अवसरमा गराइयो । 
उक्त  एक्स्पोमा हाइड्रो पावर निर्माता, हाइड्रो पावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंक/वित्त कम्पनी लगायतका सयभन्दा बढी स्टल रहने छन् । तीमध्ये करिब ५० प्रतिशत स्टल विदेशी कम्पनीको सहभागिता रहने छ।

एक्स्पोमा चीन, भारत, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्विडेन, बेलायत, ब्राजिल लगायत मुलुकका कम्पनी तथा सरोकारवालाको सहभागिता रहने बताइएको छ । 

इटालीको सिएमसी, जर्मनीको भोइथ,  भारतको क्रिष्टल, फ्लोभेल तथा बिएफएल, बुल्गेरियाको भ्यापटेक, चेज रिपब्लिकाको मावेल, चीनको पावरचाइना र सिएसइसी जस्ता बहुर्राष्ट्रिय कम्पनी पनि एक्स्पोमा सहभागी हुने निश्चित भएको प्रधानले बताए ।‘दर्जनौं विदेशी कम्पनीको सहभागिता रहने भएकाले नेपालको जलविद्युतको बजार विस्तारका साथै अनुभव आदानप्रदान गर्न एक्स्पोले महŒवपूर्ण योगदान गर्ने हाम्रो विश्वास छ,’ उनले भने, ‘सात वर्षमा १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने नेपाल सरकारको लक्ष्यलाई यो मेलाले विशेष सहयोग पु¥याउने छ ’

एक्स्पो अवधिमा हाइड्रो पावरका मुख्य विषयमा सेमिनार समेत सञ्चालन हुनेछन् । पहिलो दिन पुस २१ गते हाइड्रो टनेलिङ, दोस्रो दिने बैंकिङ तथा बिमा तथा अन्तिम दिन हाइड्रो पावर सम्बन्धी सेमिनारसञ्चालन हुनेछन् । एक्स्पो अवधिभर दैनिक रुपमा फरकफरक विषयमा ६ वटाभन्दा बढी सेमिनार सञ्चालन गरिने छ।

यसैगरी हाइड्रो पावरको विकास र विस्तारमा सहयोग पुग्नेगरीहाइड्रो पावर सम्बन्धी नयाँ अवधारणा बारे विद्यार्थीहरु एवं व्यक्तिगत तवरवाट आविष्कार गरेका वस्तु तथा सेवा बिच प्रतिस्पर्धा समेत गराइने भएको छ । यस क्षेत्रसँग सम्बन्धित नयाँ वस्तु तथा अवधारणा विकास गर्नेहरु मध्येबाट उत्कृष्ट छनोट गरी पुरस्कृत समेत गरिने छ। 

उक्त प्रतियोगितामा प्रथम हुनेले ५५ हजार पाँच सय ५५ रुपैयाँ ५५ पैसा तथा द्वितीय र तृतीय हुनेलाई क्रमश २२ हजार दुई सय २२ रुपैयाँ २२ पैसा र ११ हजार एक सय ११ रुपैयाँ ११ पैसा नगद पुरस्कार प्रदान गरिने छ । एक्सपोलाई नेपाल सरकार राष्ट्रिय योजना आयोग, उर्जा मन्त्रालय, जनसंख्या तथा वातावरण मन्त्रालयको संरक्षकत्व रहेको छ । नेपाल विद्युत प्राधिकरण, नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल बैंकर्स एसोसिएसन्स, युथ कम्युनिटी फर नेपलिज कन्ट्राक्टर्सले एक्स्पोलाई सहयोग गरेका छन्।

नेपाल टनेलिङ एसोसिएशन, नेपाल जर्मन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज, नेपाल–भारत उद्योग बाणिज्य संंघ, नेपाल युरोपियन चेम्वर अफ कर्मश एवं स्वदेशी तथा विदेशी कम्पनीहरुको पनि एक्स्पोलाई सहयोग रहेको छ । एक्स्पोको प्लाटिनियम प्रायोजक इटलीको सिएमसी दी रभेन्ना कम्पनीले गर्ने भएको छ । अफिसियल पार्टनरको रुपमा होटल अन्नपूर्ण, नेपाल सिपिङ एण्ड एयर लजिस्टिक प्रालि र एनएमबि बैंक लिमिटेड रहेका छन् । तीन दिनसम्म चल्ने प्रदर्शनीको ५० हजार भन्दा बढीले अवलोकन गर्ने अनुमान छ।

प्रकाशित: १२ पुस २०७४ ०१:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App