१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

क्रिसमस फेशन सो

काठमाडौं–क्रिसमसको अवसर पारेर राजधानीमा सोमबार साँझ नृत्य र फेशनलाई फ्युजन गर्दै ‘क्रिसमस नाइट, फेशन शो वीथ डिजे सिवानी ओबराय’ नामक कार्यक्रम गरिएको छ । रातको छिप्पिँदो चिसोलाई चिर्दै क्रिसमस इभ रातलाई मोडलहरुले क्याटवाक र डिजेले डान्सबाट तताए ।

सोमा दर्शकले आधा दर्जन सिक्वेन्समा विभिन्न फेशनको मज्जा लिए । बालबालिका र तन्नेरी पुस्ता गरी दुई थरीको फेशन सो गरिएको कार्यक्रममा रिविया तण्डुकार, कृष्टिना पौडेल, युनिका पराजुलीसहित १६ जना बालबालिकाले सान्ता क्लज फेशन, पार्टी वेर फेशन, किड क्याजुअल फेशन जस्ता विविध फेशन ¥याम्पमा प्रस्तुत भए । सुजाता राउत र सपना भेटवालले आफ्नो कोरियोग्राफीमा बालबालिकालाई ¥याम्पमा उतारेका थिए ।

बेटल ग्यालेक्सी इन्टरटेनमेन्ट र पेज थ्रि फेशनले विभिन्न चार सिक्वेन्समा आफ्ना सात दर्जन विविध डिजाइनका पहिरन ¥याम्पमा उतारेको थियो । धिराज तण्डुकारले कोरियोग्राफी गरेको तन्नेरी पुस्ताको फेशन शोमा २५ जना महिला र पुरुष मोडलले फेशन वाक गरे । मोडलले लेहंगा चोली, पार्टी गाउन, वान पिस, सर्ट, स्कर्ट, सार्ट गाउन, क्याजुअल, शेरवानी जस्ता विविध फेशन प्रस्तुत गरेका थिए ।

मोडल ममता बस्नेत, सरिता रामदान, अपेक्षा खड्का, परिश्मा दाहाल, शुभेच्छा केसी, शिल्पा सैजु, रबना तण्डुकार, धु्रब बुढाथोकी, प्रकाश शाह, राघव अग्रवाल लगायतका मोडलले क्याटवाक गरेका थिए । ‘मिस्टर एशिया प्यासिफिक इन्टरनेशनल’ अंकित तिवारीले व्यवस्थापन गरेको शोमा गायक आनन्द कार्कीको गायन, महादेव त्रिपाठीको प्रहसनले दर्शकलाई मनोरञ्जन दिएको थियो ।

फेशन सो पछि भारतकी अन्तर्राष्ट्रिय डिजे सिवानी ओबरायले राती १ बजेबाट ४ बजेसम्म आफ्नो डिजेइङबाट दर्शकलाई निरन्तर नचाइन् । उनले चल्तिका हिन्दी र अंग्रेजी गीतसँगै नेपाली गीतलाई मिक्स गरेर दर्शकलाई निरन्तर नचाएकी थिइन् । त्यसअघि राति १२ देखि १ बजेसम्म नेपाली डिजे सुरज र साइनले दर्शकलाई नचाएका थिए ।

 

प्रकाशित: १२ पुस २०७४ ०१:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App