७ वैशाख २०८१ शुक्रबार
राजनीति

सत्ता हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री

चितवन- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न आफु आतुर भएको बताएका छन्। चितवनको सौराहामा मंगलबारदेखि सुरु भएको हात्ती महोत्सव उद्घाटन गर्न आएका प्रधानमन्त्री देउवाले मन्तब्यको क्रममा भने ‘संवैधानिक प्रकृयामा सवैबाट सवै बाँकी कार्य पुरा हुने छ भन्ने विश्वास लिएको छु । संवैधानिक प्रकृयाबाटै सवै बाँकी कार्य पुरा गरी नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न म आतुर भएको छु।’

लामो संक्रमणकाललाई राष्ट्रिय अन्तराष्ट्रिय स्तरमै विश्वासपूर्ण किसिमबाट सम्बोधन गर्दै शान्तीपूर्ण लोकतान्त्रिक निर्माण गर्न वर्तमान सरकार सफल भएको देउवाले बताए । ‘देशलाई निकास दिन निर्वाचनबाट पार्टीलाई के फाइदा बेफाइदा हुन्छ भन्ने नहेरी शान्ती पूर्ण रुपमा निर्वाचन गरी संविधानको पूर्ण कार्यन्वयन गर्न मेरो नेतृत्वको सरकार लाग्यो। निर्वाचन पनि सम्पन्न भयो’ देउवाले भने।

नेपाली कांग्रेस सत्तामा रहे पनि नरहे पनि सधै नेपाल र नेपालीको विकासका लागि प्रतिवद्ध रहने पार्टी भएको देउवाले बताए। लोकतन्त्रिक प्रणाली र विकासको मार्ग अवरुद्ध नहोस भन्नेमा कांग्रेस सधै सजग रहने उनले बताए।

 

प्रकाशित: ११ पुस २०७४ १२:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App