५ वैशाख २०८१ बुधबार
खेल

ललितपुर प्याट्रियट्स प्लेअफमा पक्का

काठमाडौं- एभरेस्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत समूह चरणको अन्तिम खेलमा ललितपुर प्याट्रियट्सले पोखरा राइनोजलाई ६ विकेटले हराउँदै प्लेअफमा स्थान पक्का गरेको छ।

पोखराले ललितपुरलाई १ सय ३३ रनको लक्ष्य दिएको थियो। उक्त लक्ष्य ललितपुरले ४ विकेटको क्षतिमा अन्तिम बलमा पूरा गर्यो। अन्तिम वलमा कप्तान ज्ञानेन्द्र मल्लले छक्का प्रहार गरे।  जितसँगै अंक तालिकाको तेस्रो स्थानमा रहेको ललितपुरले इलिमिनेटरमा पुन पोखराविरुद्ध नै प्रतिस्पर्धा गर्नेछ । समान ४ अ्ंक भए पनि पोखरा रनरेटका आधरमा चौथो स्थानमा रह्यो । त्यसअघि भैरहवाले चितवन टाइगर्सलाई हराउँदै पहिलो क्वालिफायरमा स्थान बनाएको थियो । चितवन र ललितपुरबीचको विजेताले फाइनल प्रवेशका लागि विराटनगर वारियर्स र भैरहवाबीचको पराजित टोलीविरुद्ध दोस्रो क्वालिफायर खेल्नेछ।

ललितपुरको लागि जयकिशन कोस्लावालाले ५६ रन जोडे। कोल्शावालाले पहिलो विकेटका लागि शंकर रानासँग ८४ रनको साझदारी गरे । शंकर रानाले ३५ रन बनाए। विजयी छक्का प्रहार गरेका ललितपुरका कप्तान ज्ञानेन्द्र २७ रनमा अविजित रहे ।

पोखराका इश्रउल्लाहले २ विकेट लिँदा कप्तान शक्ति गौचन र सुशन भारीको नाममा १/१ विकेट रह्यो।

त्यसअघि टस हारेर ब्याटिङ गरेको पोखराले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो । पोखराका ओपनर सुनिल धमलाले अविजित ७० रन जोडे । राजेश पुलामीमगरले ३२ तथा विनोद भण्डारीले १२ रन जोडे।

 

 

 

 

 

 

प्रकाशित: ११ पुस २०७४ ११:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App