सशस्त्र हेडक्वार्टरमा आगलागी

प्रमाण नष्ट गर्न आगो लगाएको प्रहरी निष्कर्ष

मङ्गलबार, ११ पुष २०७४, १६ : ३३ केपी ढुंगाना  | @kpdhungana

काठमाडौं – सशस्त्र प्रहरी बलको हेडक्वाटरमा भएको आगलागी भ्रष्टाचार सम्बन्धी कागजपत्र नष्ट गर्न सशस्त्रको कर्मचारीले गराएको प्रहरी अनुसन्धानमा खुलेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको अनुसन्धानमा सशस्त्रको ढुवानी सम्बन्धी कागजपत्र जलाउन सशस्त्र प्रहरी हवल्दार रामकृष्ण श्रेष्ठले मट्टितेल छर्किएर आगो लगाएको खुलेको हो ।

महाशाखा प्रमुख एसएसपी दिवस लोहनीका अनुसार अनुसन्धानमा श्रेष्ठ आफैंले जानजान आगलागी गराएको देखिएपछि पक्राउ गरी अनुसन्धान प्रकृया अगाडि बढाउन महानगरीय प्रहरी बृत्त स्वयम्भुमा पठाइएको छ ।
‘अनुसन्धानमा दुर्घटनाका कारण नभई सशस्त्रको कर्मचारीले मट्टितेल छर्किएर आगो लगाएको देखिएपछि श्रेष्ठलाई पक्राउ गरेका हौं,’ उनले भने‘ नियोजितरुपमै आगो लगाएको देखिएपछि कारवाही प्रकृयाका लागि घटनास्थल रहेको क्षेत्रको प्रहरी कार्यालयमा पठाएका छौं ।’

सशस्त्रमा सामान ढुवानी शिर्षकमा नक्कली विल खडा गरेर भ्रष्टाचार गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । अनुसन्धानकोक्रममा सशस्त्रको ३ सइ र एक हवल्दार निलम्बनमा परेका छन् ।भ्रष्टाचारमा हवल्दार श्रेष्ठ समेत संलग्न हुनसक्ने देखिएपछि अख्तियारले बोलाएर उनको बयान लिई आवश्यक कागजपत्र मगाएको थियो । कागजपत्र बुझाउँदा आफु भ्रष्टाचारमा तानिने भएपछि उनले प्रमाण नष्ठ गर्न फाइल स्टोरमा लगेर राखी आगो लगाएको देखिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

 








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad