६ वैशाख २०८१ बिहीबार
समाज

रानीपोखरी विवाद: गेटमा ताला लगाउने उपमेयर, तोड्ने मेयर

रानीपोखरीमा लगाइएको ताला तोड्दै महानगरका कर्मचारी। तस्बिर: दिपेन्द्र रोक्का

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीबीचको विवाद चरम उत्कर्षमा पुगेको छ। मेयर र उपमेयरबीचको विवाद पछिल्लो समय रानीपोखरीको पुर्ननिर्माणमा देखिएको हो। रानीपोखरीको पर्खाल पुनर्निर्माणमा आधुनिक निर्माण सामग्री कंक्रिटको प्रयोग गरेको भन्दै उपमेयर खड्गीको नेतृत्वमा मंगलबार विहान सवा ११ बजे रानीपोखरीको जमलतर्फको गेटमा ताल्चा लगाएकी थिइन्।

रानीपोखरीमा मेयर शाक्य ।

उपमेयर खड्गीले ताल्चा लगाएको दुईघण्टा बित्न नपाउँदै मेयर शाक्यले ताल्चा काटेर रानीपोखरीको पर्खाल निर्माणको अनुगमन गरेका छन्।

उपमेयर खड्गीले ताल्चा लगाएको दुईघण्टा बित्न नपाउँदै मेयर शाक्यले ताल्चा काटेर रानीपोखरीको पर्खाल निर्माणको अनुगमन गरेका छन्। मंगलबार  विहान रानीपोखरीको स्थलगत अनुगमन गर्दै उपमेयर खड्गीले कंक्रिटको प्रयोगले रानीपोखरीको ऐतिहासिक महत्वव नै खतरामा परेकाले तत्कालै निर्माण कार्य रोक्न काठमाडौं महानगरपालिका सहरी पूर्वाधार विकास विभागका महाशाखा प्रमुख सुरेश राई र ठेकेदार कम्पनीलाई निर्देशन  दिएकी हुन् । निर्देशन लगत्तै  उपमेयर खड्गीकै उपस्थितिमा काठमाडौं महानगरपालिका वडा नं २८ का वडाध्यक्ष  भाइराम खड्गीले ताल्चा लगाएका थिए ।

उपमेयर खड्गी रानीपोखराीमा ।

‘हाम्रो पुर्खाले बनाएरको ऐतिहासिक धरोहर हो रानीपोखरी । यस्तो ऐतिहासिक सम्पदालाई हचुवाको भरमा पुनर्निर्माण गर्नु हुदैंन्,’ उनले भनिन्,‘पुरातत्वसँग जोडिएको ऐतिहासिक महत्व बोकेको सम्पदा भएकोले बचाउनको लागि सडकमा उत्रिएकी हुँ।’काठमाडौं महानगरपालिकाले ऐतिहासिक सम्पदाको पुनर्निर्माणमा आधुनिक निर्माण सामग्री, रड ,सिमेन्ट लगायतमा निर्माण सामग्रीको निर्माण गरेर पर्खाल निर्माण गरिरहेको छ । जसको  काठमाडौंका स्थानीयबासीले व्यापक विरोध जनाउँदै आएका छन्।

यता काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले मंगलबार दिउँसो साढे १ बजे रानीपोखरीको जमलतर्फ लगाइएको ताल्चा काट्न निर्देशन दिएका थिए । मेयर शाक्यको निर्देशनसँगै महानगरपालिकाको कर्मचारीले ताल्चा काटेका थिए । उपमेयर खड्गी नेतृत्वमा लगाएको तल्चा काटेपछि केही स्थानीयले विरोध जनाएका थिए । ‘म यहाँको जननिर्वाचित जनप्रतिनिधी हुँ । रानीपोखरीमा केही विवाद आएकाले स्थलगत अनुगमनमा आएको हुँ,’ मेयर शाक्यले भने,‘उपमेयरलाई फोन गरेर बोलाएको थिए। उहाँ आउनुभएन,’ मेयर शाक्यले रानीपोखरीमा कंक्रिटको पर्खाल लगाएको विषयमा पुरातत्व विभाग, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र महानगरपालिकासँग समन्वय गरेर  विवाद टुंगाउनेछौं।

 

 

 

 

 

 

 

 

प्रकाशित: ११ पुस २०७४ ०९:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App