coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उत्तर कोरियाले नयाँ स्याटेलाइट लन्च गर्दैछ

सियोल– उत्तर कोरियाले स्याटेलाइट क्वाङम्याइअन्जसङ – ५ लन्च गर्ने तयारी गरेको छ । यसै साता उत्तर कोरियाले उक्त स्याटेलाइट लन्च गर्ने तयारी गरेको दक्षिण कोरियाको दाबी छ ।

अन्तर महादेशीय ब्यालेस्टिक मिसाईल परीक्षण तथा पटक पटकको मिसाईल परीक्षणका कारण उत्तर कोरियामाथि संयुक्त राष्ट्रसंघले नाकाबन्दी लगाएको छ ।

 सन् २०१६ क्वाङम्याइअन्जसङ – ४ नामक स्याटेलाइट  उत्तर कोरियाले लन्च गरेको थियो ।

 स्याटेलाइट परीक्षण उत्तर कोरियाको  अतिरिक्त कार्य नभएपनि परीक्षणका समयमा अन्य उतेजित कार्यहरू हुन सक्ने दक्षिण कोरियाली सेनाका प्रमुख प्रवक्ताले बताएका एफपीले उल्लेख गरेको छ  ।

स्याटेलाइट लन्चका साथसाथै उत्तर कोरियाले मिसाईल परीक्षणको दायरा समेत बढाउन सक्ने आकंलन दक्षिण कोरियाको छ । उत्तर कोरियाली सरकारी समाचार माध्यममा उल्लेख भएअनुसार उत्तर कोरियाबारे जानकारी दक्षिण कोरियाले प्राप्त गरेको अन्र्तराष्ट्रिय सञ्चार माध्यम एफपीमा उल्लेख छ  ।

गत अक्टोबरमा संयुक्त राष्ट्रसंघको महासभामा बोल्दै राष्ट्रसंघका लागि उत्तर कोरियाली राजदूत किम इरङले सन् २०२० सम्ममा उत्तर कोरियाली आर्थिक विकासको योजना सम्पन्न भई उत्तर कोरिया नयाँ आर्थिक विकासको गतिमा अगाडी बढ्ने बताएका थिए ।

स्याटेलाइट लन्च गर्ने अधिकार उत्तर कोरियामाथि निहित रहेको समेत उनको दाबी थियो । उत्तर कोरियाले सन् १९९८ देखि निरन्तर रूपमा स्याटेलाइट लन्च गर्दै आइरहेको छ ।

 

 

प्रकाशित: ११ पुस २०७४ ०७:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App