८ वैशाख २०८१ शनिबार
अर्थ

ढाका बुन्नकाे लागि साझा सुविधा केन्द्र स्थापना

तेह्रथुम – म्याङलुङमा ढाका बुन्नका लागि दश थान तान सेटसहितको साझा सुविधा केन्द्र स्थापना भएको छ । गरिबी निवारण कोषअन्तर्गत जापान सामाजिक विकास कोषको आर्थिक सहयोगमा साझा सुविधा केन्द्र सञ्चालनमा ल्याइएकाे हाे ।

आठ लाख ६ हजारकाे लागतमा म्याङलुङ ढाका उत्पादक सञ्चालनमा ल्याइएकाे जानकारी समूहका अध्यक्ष सचित्रा लिम्बूले बताए । हाल यहाँ १० जना महिलालाई उद्यमी बन्न प्रेरित गर्दै ढाका बुनाई तालिमसमेत प्रदान गरिएको छ । जिल्लाका दुई नगरपालिका र चार गाउँपालिकाका १६५ जनालाई ढाका बुनाईसम्बन्धी तालिम प्रदान गरेर उद्यमी बनाइएको कार्यक्रम संयोजक प्रेमराज लिम्बूले बताए ।

 

प्रकाशित: ११ पुस २०७४ ०६:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App